राष्ट्रिय वाणिज्य बैंक चन्द्रौटाशाखा द्धारा संचारकर्मी तथा मिडियाहाउस हरुलाई स्वास्थ्य सामाग्री प्रदान

नवराज पौडेल कपिलवस्तु
असार ११ गते विहिबार
कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका संचारकर्मी तथा मिडियाहाउस हरुलाई राष्ट्रिय वाण्ीज्य बैंक चन्द्रौटाशाखा द्धारा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड चन्द्रौटा शाखाबाट चन्द्रौटा क्षेत्रमा रहेका संचारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको हो । केन्द्रिय कार्यालय लगाएत देशभर नै छरिएर रहेका शाखाहरुले विभिन्न कार्यकरम गर्दै आईरहेको र चन्द्रौटाशाखाले पनि विभिन्न कार्यकरम गरेको भन्दै सामाजिक क्षेत्रमा सन्चार माध्यमको भुमिका र प्रभावलाई मध्यनजर गर्दै संसारभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण बाट सुरक्षित रहेर समाचार प्रवाह गर्नको लागि उक्त सामाग्री प्रदान गरेको शाखा प्रमुख गोपाल न्यौपानेले बताउनुभयो । यस्तै यसले बैकं र मिडियाकर्मीहरु बिचको सम्वन्ध सुमधुर रहने संगै राष्ट्रिय वाण्ीज्य बैंकका गतिविधी र वाणिज्य बैंकले देशको अर्थतन्त्रमा पुराएको योगदानको बारेमा बैकं बाट पाउनुपर्ने सेवाहरुको बारेमा संचारकर्मी साथीहरुले पुलको रुपमा काम गरि जनताले थाहा पाउनु पर्ने खवरहरुलाई सुसोचित गर्दै बैकका कमिकमजोरीलाई समेत यहांहरुले औल्यानुपर्ने उहांले बताउनु भयो । संचार कर्मीलाई सामाग्री वितरण गर्दै स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।न्यौपानेले मास्क, सेनीटाईजर र ग्लब्स ,सामुदायिक रेडियो समानता रेडियो शिवराज,र रेडियो भ्वाईसका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार