कोटफुर्से को चिठी

बिन बहादुर रेग्मी
पुजनिय आमा,
साष्टांग दण्डवत!
प्यारा भाई बहिनी नानीहरू लाई असिम सम्झना।
यो ईन्टरनेट फेशबुक मोबाइल को आधुनिक फोरजी को जमानामा यो चिठीजी को त्यति महत्व हुदैन फेरिपनि चिठी लेख्न भुले कि भनेर कोसिस गर्दैछु। मलाई थाहा छ यो चिठी पढेर तपाईहरूको मनमा पनि गाऊघरको याद झस्किन्छ। पहिले गाऊमा महिले चिठी लेखिदिन्थे। बुढालाई के लेख्ने सोध्नै पर्दैनथ्यो मैले मिलाएर लेखिदिएको चिठी पढेर प्रदेश मा काम मा लादिएको बुढाको आखामा आसु रसाऊथ्यो। एउटाले ता घरमा गएर मेरो यति तारिफ गरे की वाह! कोटफुर्से को चिठी लेखाई मान्नैपर्छ कम्मर कसि कसि काम गरेको छु यताको चिन्ता सुर्ता नलिनुहोला घर आऊदा मलाई चमेलीको तेल र हाते घडि ल्याईदिनुहोला….यो शब्द लेखाईले मार्केट पायो। मलाई सर्म जस्तो पनि लाग्यो। मलाई खिजाएको जस्तो पनि लाग्यो। यद्यपि मैले चिठी लेखिदिदा कसैलाई कापी छैन कलम छैन फुर्सत छैन भनिन। चिठी लेखिदिदा पढिदिदा एक बोतल रक्सी भाले खोज्नेहरू लाई पो थोरै लाज सरम लागेको जस्तो पनि माने आखिर मै प्रदेशी भए। मलाई चिठि लेखाऊदा आमाले एक बोतल रक्सी दिएको कुरा थाहा पाए। कहिले कलम छैन कहिले कापी छैन कहिले फुर्सत छैन भनेर चिठी नलेखिदिनेहरू लाई पनि चिने। आमा! चिन्ता नगर्नुस। आमा, जुठे बिष्ट मरेको दुखद खबरले स्तब्ध बनायो। रिखेले बबाल गरेको खबर पनि पाए। रनिनी कान्छी भाऊजु पनि वित्नु भएछ दुख लाग्यो। अब ता तपाईको छोरो ओली बा को रेलमा चढेर भिंगृकोट खायढुंगा रेल्वे स्टेशन सम्म रेल मा सरररररर छुकछुक छुकछुक आऊदैछ। कोरोना महामारी बाट संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दछु। ज्यान गुमाएका वीरगति पाएका मृतक प्रति हार्दिक श्रदाञ्जली अर्पित गर्दछु।कोरोना लकडाऊनमा पैसा कमाऊन सफल दलालहरू भ्रष्टाचारीहरूलाई सलाम ।जय गणतन्त्र! जय नेपाल।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार