युवा व्यवसायी पोखरेलद्दारा जन्म दिनको खर्च रक्तदानमा

श्यामलाल पोखरेल
बुटवल, असार १४ ।
मानिसले आफ्नो जन्म दिन फरफरक ढंगले मनाउने गर्दछन् । घर, होटल र पार्कमा फजुल खर्च गरी तड्क भड्कका साथ जन्म दिन मनाउने फेसनमा क्रमस परिवर्तन आउन थालेको छ । आफ्नो जन्म दिन आफ्नै ढंगले मनाउनु स्भाविकै पनि हो । तर पछिल्ला वर्षमा तड्क भड्कका साथ जन्मदिन मनाउने चलन क्रमस घट्दै गएको छ । जन्मदिन मनाउंदा अरुको देखासिकी गरी फजुल खर्च गर्ने संस्कृतिको विकासमा क्रमस परिवर्तन आउन थालेको देखिन्छ । बुटवलका एक युवा स्वरोजगार व्यवसायीले जन्म दिनमा हुने फजुल खर्च रक्तदानमा रक्तदान कार्यक्रममा खर्चेका छन् । जन्मदिन मनाउंदा हुने फजुल खर्च कटौती गरी युवा व्यवसायी नविन पोखरेलले बुटवलमा रक्तदान कार्यक्रम गरेका हुन् । युवा व्यवसायी पोखरेलले घर परिवार, आफन्त, नजिकका साथीभाइ जम्मा गरेर बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ४१ पोका रगत संकलन भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियल राधा शर्माले जानकारी गराउनु भयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जन्म दिनमा हुने फजुल खर्च कटौती गरी व्यवसायी पोखरेलले तीन वर्ष यतादेखि रक्तदान कार्यक्रम गर्दै आएका छन् । रगतको अभावले कोही पनि मर्न नपोरोस भन्ने सेवा भावको उद्वेश्यले जन्म दिनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको व्यवसायी नविन पोखरेलले बताउनु भयो । हरेक नेपालीले फजुल खर्च कटौती गरेर समाज सेवामा लगानी गरे समाजको विकास र परिवर्तन हुन सक्ने बुझेर जन्म दिन मनाउने खर्च रक्तदानमा लगानी गरेको व्यवसायी पोखरेलको भनाइ छ । ठूलो खर्च गरेर होटल तथा रेष्टुरेण्टमा गएर जन्म दिन मनाउनुको साटो रक्तदान गर्नुले समाजलाई सकारात्मक सन्देश दिने नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहानले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार