“भ्रष्टाचार कसरि रोक्ने?”

बिन बहादुर रेग्मी

देश यतिबेला संकटको भुंमरीमा छ।कृषिप्रधान देशमा आयातित अनाज पानी बिऊ बाली फलफुल तरकारी र रेमिटेन्सले गुजारा बजार चलेको छ।अबको केही बर्षमा हामी नेपाली परनिर्भरतामा सतप्रतिशत भागिदारी बन्नेछौ।कृषिप्रधान देशमा घरआगनको डिलमा एकपटक लगाएको गोलभेडा अर्को पटक लगाऊनै पर्दैन झन झन आफै फल्दैजान्छ।स्वाद टेष्टमा युपि विहारको टमाटरको तुलनामा कयौ गुणा गुणस्तरिय हुन्छ।नेपाली माटोको उर्वराशक्ति र नेपाली युवाको दक्ष जनशक्तिको सामजस्यता मिलाऊन सके नेपाल विश्वकै एक नम्बर स्वाबलम्बी देश बन्नसक्छ,गोलभेडा ता ऊदाहरण मात्रै हो। यार्सागुम्बा र रूद्राक्ष नेपाली डायमण्ड नै हुन।विश्वमै जलश्रोतको दोस्रो धनि देश प्राकृतिक सम्पदाको विशाल भण्डार भको देश, विश्व ईतिहासमै कहिलै कसैको गुलाम नभाको देश नेपाल किन र कसरि गरिबीको यो भुमरिमा फस्यो?यो प्रश्नले आज तातो रातो रगत भका जिऊदा नेपालीहरूलाई हर पल, पल पल हर घडि सताईरहेको छ ,झक्झकाईरहेको छ, ऊत्तरको खोजीमा दिमाग खियाई रहेका छन।अनुसन्धान र खोजका चरणहरू पार गर्दैछन।धेरैजसो बेरोजगार युवाहरू जिन्दावाद र मुर्दावाद को दलिय स्वार्थको राजनितीले नेपाल गरिब भएको मान्छन।वर्गसंघर्ष र जनवादीक्रान्ती आमुलपरिवर्तनको बाटो भएको मान्छन। कतिपयले यसको बिरोध गर्छन र चिनमा पानी पर्दा काठमाण्डौमा छाता ओडने नक्कली प्रवृति भन्दै कडा आलोचना गर्छन।यसो ता देशको बिकासमा सत्ता र राजनितीको मुख्य भुमिका हुन्छ भन्नेमा सबैको एकमत पाईन्छ।भ्रष्टाचार र नोकरशाही दलाल प्रवृतिले देश गरिब भएको भन्नेमा सबैको एकमत छ। त्यसैले ता चुनावी नारा घोषणा पत्रमा यि कुराहरूलाई सिंगारपटार गरेर मिलाएर घुसाईएको ऊठाईएको पाईन्छ तर ति सबै चुनाबी नारा मात्र भएकोले कार्यन्वयन तहमा पुग्दैनन…..

मुख्य समस्या भ्रष्टाचार दलाल नोकरशाही प्रवृति माथि धावा बोल्नुपर्छ भन्दा सबैले ताली बजाऊछन। ति ताली बजाऊने सबैलाई भ्रष्टाचार विरोधी अभियानमा जोडदै आन्दोलनको आधिवेहेरी को उठान गर्नुपर्छ भन्नेमा ग्रुप एडमिन सक्रिय भको पाईन्छ तर बुझाईमा समस्या देखिन्छ।यो त्यति सजिलो छैन। “भ्रष्टाचार” जसरि पढन बुझ्न सकिन्छ र आक्रोस पोख्न सकिन्छ तर देख्न सकिदैन। भ्रष्टाचारको स्वरूप निबन्ध कविता गजल गित मा जस्तो हुदैन। वैधानिक तरिकाले विधी पुर्याएर,भगवान बनेर भ्रष्टाचार हुनेगर्छ। सामन्ती सोच संग भ्रस्टाचार मौलाईरहेको हुन्छ।भ्रष्टाचार लुकाऊन आफै भ्रष्टाचारबिरोधी मोर्चामा अग्रपंक्तिमा ऊभिएका हुन्छन।पुरै तन्त्र करप्ट हुनेगर्छ। माथि देखि तल सम्म भ्रष्टाचारको संजाल छ।त्यसैले ता भ्रष्टाचारी जेलबाट सजाय काटेर बाहिर आऊदा फुलको माला र अबिर ले स्वागत हुनेगर्छ मानौ ठूलो समाजसेवी धर्मात्मा हो। नेपाल गरिब हुनुको मूल समस्या भ्रष्टाचार नै हो भन्ने छर्लंगै भयो,अब भ्रस्टाचार कसरि रोक्ने?

ऊत्तर:- हाम्रो देशको राज्यव्यवस्था निम्न पुजिवादी चिन्तन बोकेको अर्धऔपनिबेषिक र अर्धसामन्ती हो।यसमा बनेका निती नियम संविधान पुलिस प्रशासन सबै 5% मुठ्ठिभर शोषकवर्गको हितमा हुन्छन।गरिबी बेरोजगारी प्रजातन्त्र विकास सम्वृद्धी यि शब्दहरू हात्तिको देखाऊने दात मात्र हुन। तसर्थ: धर्म संस्कृती शान्ती प्रजातन्त्र मानवअधिकारको आडमा लुकेको मौलाएको दलाल नौकरशाही सामन्ती प्रवृतिलाई जरै देखि ऊखेलेर फाल्नको लागि यो सडेगलेको मरणासन्न अबस्थामा पुगेको पुजिवादी राज्यव्यवस्थामा क्रान्तिकारीहरूले धावा बोल्नुपर्छ र ध्वस्त पार्नुपर्छ,त्यो भिषण बर्गसंघर्ष मा बिजय र त्यसपछि सर्वहारावर्गको अधिनायकत्त्वमा वैज्ञानिक समाजवादको प्रयोगात्मक अभ्यास गर्नुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार