
१५ असार बुटवल । युवा समाजसेवी कमल बन्जाडेको ४५ दिनको पुन्य तिथीमा विभिन्न संघ संस्थाहरुले शोकसभा गरेका छन् ।
सोही अवसरमा लक्ष्मी बहुउद्देश्य सहकारी संस्थाले मृत्यु राहत कोष वापतको एकलाखको चेक परिवारलाई प्रदान गरेको छ ।
अर्घाखाँची भूमिकास्थान ३ स्थायी घर भइ हाल बुटवल कालिकानगरमा बस्दै आएका बन्जाडेको गत जेष्ठ २ गते हृदय घातका कारण निधन भएको थियो ।
स्र्वगीय बन्जाडे स्कलर्स होम बोडिङ्ग स्कुलका संचालक, लक्ष्मी बहुउद्देश्य सहकारीका संचालक समिति सदस्य, धारापानी रुपन्देही सम्पर्क मन्चका बरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंघसंस्थामा अवद्ध थिए ।
शोक सभामा बोल्दै प्रदेश ५, प्रदेशसभा सदस्य तथा नेकपा(नेकपा) अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले शोकलाई शक्तीमा बदल्नु पर्नेमा जोड दिए । उनले पार्टी लाइनमा खरो उत्रने पार्टीको सच्चा कार्यकर्ता गुमाएको भन्दै स्वगीय बन्जाडेले देखेका सपना पुरा गर्ने बाचा समेत गरे ।
शाेक सभामा बोल्दै स्कलर्स होमका प्राचार्य तथा स्वगीय कमल बन्जाडेका भाइ बाबुराम बन्जाडेले स्व. कमल बन्जाडेका स्मरणमा आधारित स्मृति प्रकासन गर्ने बताए । ‘हामी दाईका सपनाहरु साकार पार्न लागि पर्ने छौँ, भावविभल हुँदै उनले भने–‘उहाँ हाम्रो परिवारको कुलस प्रशासक हुनुहुन्थ्यो । हाम्रो खम्वा हुनुहुन्थ्यो ।’
सोक सभामा लक्ष्मी बहुउद्देश्य सहकारीका अध्यक्ष खुविराम खनालले स्वगीय कमलका असल कर्महरुको स्मरण गर्नुपर्नेमा जोड दिए ।
स्वगीय बन्जाडे भूमिकास्थान ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेका छोरा हुन् ।