
काठमाडौं । कोरोना भाइरस अर्थात् (काेभिड १९)को संक्रमणबाट बिश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ । बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको र हालसम्म ६ सय ६५ जना नेपाली संक्रमित भएकाे गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित छन्। बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापान, मलेसियामा, म्यानमार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै, भारतमा एक दर्जनभन्दा धेरै नेपालीमा कोरोना संक्रमण भएको छ ।