एमसिसीका बिरुद्ध बुटवलमा प्रदर्शन

असार १६, बुटवल । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि सम्झौताका बिरुद्धमा बुटवलमा आज मंगलबार पर्दर्शन भएको छ।
एमसिसि बिरुद्ध नागरिक अभियानले बिगत केही समय देखि लगातार आन्दोलन गर्दै आएकोमा आज पुष्पलालपार्कमा पर्दर्शन भएको हो । पर्दर्शनमा एमसिसि बिरुद्ध राष्ट्रघाति एमसिसि खारेज गर राष्ट्रिय स्वाधीनताको रक्षा गर जस्ता नारा लेखिएका प्ले कार्ड राष्ट्रिय झन्डा र कालो ब्यानर सहित कोण सभा भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नागरिक अभियानका संयोजक पदम कार्कीले बैदेशिक हस्तक्षेप निम्त्याउने र राष्ट्रिय स्वाधीनता धरापमा पार्ने एमसिसि सम्झौता पुर्ण निषेध नभए सम्म आन्दोलन जारी राख्ने बताउनुभयो। उहाँले निरन्तरको नागरिक खबरदारी र केही देशभक्त नेताहरुका कारण अहिले लाई यो संझौता अनुमोदन रोकीए पनि मिति सारेर भएनि अनुमोदन गर्नसक्ने हुँदा निरन्तर दबाब दिनुपर्नेमा जोड दिनुभयो।

यस्तै अर्का अभियान्ता बिनोद खनालले अमेरिकी सुरक्षा चासोका साथ आएको एमसिसि नेपाललाई युद्धभुमि बनाएर चिन घेर्ने रणनिति अनुरुप आएकोमा जोड दिंदै यसले नेपालको राष्ट्रिय सुरक्षामा समेत खलल पुर्याउने बताए। यस्तै अर्का अभियान्ता दीपक पौडेलले एमसिसि नयाँ प्रकारको औपनिबेसिक कदम भएकोले यसलाई खारेज गर्न सम्पुर्ण देशभक्त नागरिकहरु एकजुट हुनुको बिकल्प नभएको बताए ।

यस्तै कार्यक्रममा संचारिका तथा कवियत्री रीता रिदम्बरी ले देशभक्तिपुर्ण कविता मार्फत देशको अस्मिता लुट्नेहरुलाई खबरदारी गरेकी थिईन। कार्यक्रमको संयोजन गरेका दीपक पौडेलले अर्को चरणको कार्यक्रम छलफल गरि तय गरिने र कार्यक्रममा अन्तरकृया सडक पर्दर्शन लगायत गरिने बताएका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार