निशाना कता

बिन बहादुर रेग्मी     
आजको आन्दोलन को सँग? निरंकुशता हटिसकेको छ। ति हटाऊनेहरू सत्तामा छन।आजका सत्ताधारी सँग आन्दोलन किन गर्नपरो? आन्दोलन को औचित्य के?म राष्ट्रवादी त भारतवादी वा चाईनावादी यस्तो किन? राष्ट्रियताको सवालमा एकढिक्का हुने बेला हो यो। साम्राज्यवादी बिस्तारवादीहरूले सधै फुटाऊ र राज गर को निती अन्तर्गत अस्थिरता पैदा गराईरहे अब कसरि के होला?यिनै बिषयमा आजको चर्चा केन्द्रित गरिनेछ।

आदरणीय जनसमुदायहरू यसो भनिरहदा म नेता चाहि होईन है। त्यसकारणले सबै जिज्ञासा को चर्चा म बाट सम्भव नहोला।यदि देशको लागि चिन्तित हुनुहुन्छ भने तपाईहरू ओनलाईन मै हुनुहुन्छ भने निश्चय पनि तपाईको नजर यहा ठोक्कीने छ, दिमागमा खलबली मच्चीनेछ, हातका औलाहरू राजनैतिक चुनिन्दा शब्दहरू खोज्दै सल्बलाऊने छन। सवाल जवाफ टिका टिप्पणी ले हँगामा हुनेछ किनकी तपाईहरू झुठा नौटक्की मायाजालमा रमाऊने यौनवादी सोचाई भन्दा धेरै माथि देश र जनताको हितमा पार्टी र क्रान्ति को लागि वैचारिक रूपमा जुरूक्क ऊठिसक्नुभाको छ। त्यही भएर मैले आशा मात्र होईन विश्वास पनि लिएको छु।

आन्दोलन को बारेमा हामिले भनेका छौ राजा फाल्नु मात्र आन्दोलन को अर्थ थिएन। राजा फालेर जनताको हातमा सार्वभौम सत्ता हस्तान्तरण हुन सकेन भने राजाको ठाऊ ओगटेका नयाँ राजाहरूको विरूद्ध झन ठूलो आन्दोलन को ज्वारभाटा ऊठानको लागि हामी तयार हुनपर्नेछ हो त्यो दिन आज आएको छ। हिजो राजतन्त्र फाल्नको लागि आन्दोलन गर्नेहरू सत्तामा पुगे तर जनतालाई संवैधानिक हक अधिकार दिने सवालमा फेरी निरंकुशता लाददैछन…..कुर्चीकै लागि राजनैतिक मुद्दालाई किनारा गरेकाछन।पार्टि विधान र सामान्य प्रजातान्त्रिक मुल्य र मान्यता लाई समेत रद्दीको टोकरीमा मिल्काएका छन। यद्धपि आलोपालो भद्रसहमती गोलाप्रथामा काम चलाऊने यि कथित कम्युनिष्टहरूलाई निती सिदान्तको कुरा भैसीको अगाडि बिन बजाएको जस्तै हो।यि कुर्चिका भोका व्यक्तिगत महत्वाकांक्षी बोकेका अवसरवादीहरूलाई जनताको चाहना र देशको आवश्यकता के हो बुझ्ने फुर्सद नै हुदैन तैपनि यतिबेला कोरोना विश्वमहामारीको हाहाकार छ,चिनभारतको छद्यमयुद्ध पराकाष्टामा छ। स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा नेपाल लाई विश्वमा चिनाऊने बेला यही हो। कमसेकम यतिबेला सरकार बदल्ने,आपसमा झगडिएर तमासा देखाऊने बेला होईन।ओलीलाई प्रधानमन्त्रीबाट हटाऊने नहटाऊने यो सत्ताधारी पार्टिको आन्तरिक मामिला हो। यसको मतलब देशको सार्वभौमिकता ,राष्ट्रिय अखण्डतामा आँच पुग्ने गरेर बेला न कुबेला राती सपना बिग्रिएको भरमा राजिनाना माग्नु गलत मात्र होईन मुर्खता पनि हो।बेलैमा सतबुद्धि पलाओस। पशुपतिनाथले रक्षा गरून। पार्टि नफुटोस, अग्रिम शुभकामना।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार