आर्थिक समाजिक रुपमा उत्तरदायित्व बहन गर्न हामी सधै अग्रसर हुनेछौं ।

गोबिन्द बञ्जाडे
प्रवक्ता
देउराली यातायात अर्घाखाँची प्राली   

विकासको लागि सबैभन्दा महत्वपुर्ण अंग भनेको यातायात क्षेत्र हो । यो क्षेत्रको विकासको अभावमा कुनै पनि क्षेत्रको विकास संभव छैन । विश्वमा जल, थल र वायुलाई माध्यम बनाएर सञ्चालनमा आएका यातायात क्षेत्रको विकासका कारण नै अन्य क्षेत्रको विकास संभव भएको हो ।
अर्घाखाँची जिल्ला पहाडि जिल्ला मध्येको एउटा जिल्ला हो । ६ वटा पालिकामा विभाजित यस जिल्लामा ६१ वटा वार्डहरु रहेका छन् । हाम्रो प्रालीले सबै वार्डमा सवारी सञ्चालन गरेको छ । साथै टोलटोलमा पनि हाम्रा सवारी पुगेका छन् । पहाडका जिल्लाहरुमा अझै यातायातको विकास वा गाडि सञ्चालनको लागि त झनै कठिन कार्य हो । कच्ची बाटो, घुम्ती बाटो आदीका कारणले सवारी सञ्चालन तथा यात्रा पनि जोखिम नै हुने गर्दछ तर पनि सकेसम्म हामीले यात्रुलाई सुरक्षित यात्रा गराउने प्रयत्न गरेका छौं । जिल्लामा महिन्द्रा पिकअपबाट सुरु भएको सवारी क्षेत्रको विकास हुँदै आजको अवस्थामा आईपुग्दा हामीले सकेसम्म सुविधा सम्पन्न सवारीको व्यवस्था यात्रुहरुलाई गरेका छौं । पहाडी जिल्लामा सबै क्षेत्रमा सवारी पुर्याउने साथै यात्रुहरुलाई सुविधा दिने कुरामा हामीले कन्जुस्यांई गरेका छैनौं र आगामी दिनमा पनि विज्ञहरुको सुझाव सल्लाह अनुसार यो क्षेत्रका सवारीलाई सुविधा सम्पन्न बनाउने साथै सवारी चालक, सहचालक र कर्मचारीलाई दक्ष बनाउन हाम्रो प्रयत्न रहनेछ । मुस्कान सहितको हाम्रो सेवा भन्ने कुरालाई मध्यनजर गर्दै काम गर्ने हाम्रो योजना रहेको छ । समाजको विकास र समाजमा देखापर्ने समस्या समाधानको लागि आर्थिक समाजिक र नैतिक रुपमा उत्तरदायित्व बहन गर्न हामी सधै अग्रसर हुनेछौं ।
विडम्बना समाजमा वा बातावरणमा कति बेला के हुन्छ वा कस्तो प्रकारको घटना घट्छ त्यो अनुमान गर्न सकिदैन यो सत्य हो । आज विश्वलाई नै कोरोना रोगको कारणले आक्रान्त बनाएको छ । चिनको बुहान सहरबाट पैmलिएको रोगका कारण विश्व नै त्राहीत्रही भईरहेको अवस्था अहिले छ । सारा मानव समुदायलाई आक्रान्त बनाईरहेको बेलामा हाम्रो क्षेत्रलाई पनि यसले प्रभाव पारेको छ । यो अवस्थामा हामीले सकेसम्म त सबै क्षेत्रलाई सहयोग गर्नुपर्ने हो तर यो पूंजीवादी संरचनामा सहयोगका लागि पूंजी नै आवश्यक पर्दो रहेछ । कम आम्दानी भएको कारण हामीले सबै क्षेत्रमा सहयोग गर्न सकेनौं तर पनि यो जिल्लामा रहेका ६ वटा पालिकाहरुलाई १ लाख १ हजारका दरले जम्मा ६ लाख ६ हजार रकम हस्तान्तरण गर्यौं । त्यसैगरि हाम्रो संस्थामा आबद्ध सवारी धनी, कर्मचारी, चालक र सहचालक लगायतलाई सामन्य रुपमा भएपनि सहयोग पुगोस् भन्ने हेतुले राहात प्रदान गर्यौं । यो राहातबाट सबै समस्या त टर्ने छैनन् तर सामन्य भएपनि सहयोग मिल्नेछ । राहातले घाउमा मलम लाग्ने काम मात्र भएपनि गर्नेछ भन्नेमा हामीलाई विश्वास छ । यस घटनाबाट भविष्यका दिनमा हामीले संस्थालाई मजबुत बनाउनुपर्छ र सके अन्य क्षेत्रमा पनि सहयोग गर्नुपर्छ भन्ने पाठ सिकेका छौं । तसर्थ त्यसप्रकारका योजना बनाई अगाडि बढ्ने दक्ष प्रकारको कार्य कार्ययोजना निर्माणमा हामी सबैको ध्यान जानेछ ।
हाम्रो संस्था देउराली यातायात अर्घाखाँची प्रालीको तर्फबाट गाडि धनीलाई ४३ हजारका दरले, कर्मचारीलाई ५ हजारका दरले, चालकलाई ५ हजारका दरले र सहचालकलाई २ हजार दरले राहात प्रदान गरिएको छ । संस्थाबाट हामीले ७६ लाख २६ हजार रुपैयाँ बराबर राहात बाँडेका छौं साथै हामीले गाडिधनी, कर्मचारीहरु, चालक र सहचालक गरि ५०० जना बराबरको लागि रु १ लाख बराबरको कोरोना विमा गरिएको छ ।

सबै यातायात व्यवसायीलाई प्रालीमा लैजाने नेपाल सरकारको निर्णय बमोजिम हामीले २०७६ जेठ १० गते देउराली यातायात अर्घाखाँची प्राली नामारकण गरि सेवा दिदै आईरहेका र्छौ । २०५६।०५७ सालदेखि कुनै न कुनै रुपमा यस जिल्लाका यात्रुहरुले यातायात सुविधा प्राप्त गरेका छन् । त्यतिबेला जिल्लामा लोकल जीप व्यवसायी समिति र अर्घाखाँची जिप व्यवसायी समिति गरि २ वटा समितिले सवारी सञ्चालन गरेका थिए । जनतालाई सुविधा दिने र व्यवसायीको हित हुने कुरालाई मध्यनजर राखी हामीले यी दुई संस्थालाई एक बनाएर काम गर्नुपर्छ भन्ने सोच बनायौं । ततपश्चात २०६१ सालदेखि २ वटा समितिलाई समायोजन गरि सार्वजानिक जिप व्यावसायी समिती बनाई सेवा दिन थाल्यौं । त्यो अवधिमा संस्थाले जिपमात्र सञ्चालन गरेको थियो । यात्रुको सुविधालाई मध्यनजर गरि ख वर्गका सवारी सञ्चालन गर्नुपर्ने भएको तर सार्वजानिक जिप व्यावसायी समितिको नामबाट सञ्चालन गर्न नपाउने भएका कारण हामीलाई समस्या पर्यो र हामीले समितिको नाम परिवर्तन गर्नुपर्यो । २०६६ सालमा समितिको नाम परिवर्तन गरि देउराली यातायात व्यवसायी समिती नामाकरण गर्यौं त्यसपछि हामीले फोर्स, हाईस र मिनी बस सञ्चालन गर्ने अनुमती पायौं । हाल प्रालीले जिप, फोर्सबाट सुविधा दिँदै हाईस मिनी बस र जिप सञ्चालन गरिरहेको छ । हाल प्रालीमा हाईस ३० र जिप ११८ र २ वटा मिनी बस गरि १५० वटा सवारी आवद्ध छन् । २४ जना कर्मचारी कार्यरत रहेका छन् ।
विविध समस्यासँग जुध्दै हामी आजको अवस्थासम्म आई पुगेका छौं । हामीले अझै पनि कसरी यात्रुहरुलाई बढिभन्दा बढि आरामदायी भरपर्दो सुविधा दिन सकिन्छ भन्ने सोंचेका छौं र त्यतातर्फ योजना बनाउनेमा पनि हामी लागिरहेका छौं । तर सरकार यातायात व्यवसायीलाई कसरी उत्साहित बनाई यो व्यवसाय गर्न प्रोत्साहित गर्ने भन्दा पनि बरु निरुत्साहित गर्नेमा नै तल्लीन रहेको छ ।
सबै मानिसहरुले समाजमा कुनै न कुनै प्रकारको सामाजिक योगदान पुर्याएका हुन्छ्न । कसैको मुल उदेश्य नाफामुखी हुन्छ भने कसैको सेवामुखी प्रकारको हुन्छ । झनै सामाजिक संघ संस्थाहरु स्थापना गर्नुको पछााडि समाजिक हित हुने प्रकारको उदेश्य रहेको हुन्छ । हामीले पनि यहि उदेश्यलाई सार्थक रुप दिनको लागि अर्घाखाँची जिल्लामा यातायात समिति गठन गरि एउटा सामाजिक कामको सुरुवात गरेका छौं । भविष्यका दिनमा पनि हामीले यस्ता प्रकारका कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्नेछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार