कोरोनाको संक्रमणबाट कुवेतमा अर्घाखाँचीका ३४ वर्षिय एक युवाको मृत्यु

खुम रायमाझी ,कुवेत
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९ ) बाट मृ’त्यु भएको छ।

भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय छोरा छबिलाल पाण्डेको कुवेतको अल जाविर अस्पतालमा उपचारको क्रममा गत तारिख ९ जुनको मृ’त्यु भएको हो।

पाण्डेको ९ जुनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएता पनि सुचना बाहिर आउँन ढिलाई भएको कारण जुन ३० तारिख मंगलबार मात्र उनको कोरोना बाट मृत्यु भएको नेपाल राजदुतावास कुवेतले थाहा पाएको थियो।

राजदुतावासले मृत्युको खबर थाहा पाउन साथ् अल जाविर अस्पतालमा पुगी उनको कोरोना बाट नै मृत्यु भएको हो भन्ने प्रामाण पत्रहरु लिएको थियो।

मृतक पाण्डे केहि महिना यता देखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत थिए ,उनको घरमा एक छोरा र एक छोरी साथमा श्रीमती रहेकी छिन।

नेपाली राजुतावास कुवेतले जानाकारी दिएअनुसार मृतक पाण्डेको शवलाइ कुवेत सरकारको कानुनी प्रक्रिया अनुसार मृतकका घरपरिवारको सहकार्यमा जुलाई १ तारिख बुधबारको दिन अन्तिम दाहसंस्कार गरिएको छ,भने अन्य कानुनी प्रक्रियाको लागि नेपाली राजदुतावास कुवेतले पहल गरिरहेको खबर प्राप्त भएको छ।

पाण्डेको मृत्युको समाचार उनका घर परिवार र भुनपा ८ का वडा अध्यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार