असार १९ काठमाडौं । नेचर हर्ब्स इन्टरनेशन प्रालि र एन एशोसियट अफ गोरखा ग्रुप अफ कम्पनी लिमिटेड नेचरनेष्ट प्रालिले उदयपुरका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक अनन्तबाबु राईले नेकपाका नेता जगन्नाथ खतिवडालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन् ।
दुवै कम्पनीको तर्फबाट राईले आरडिटी किट एक सय पीस र विगत ३६ वर्षदेखि आयुर्वेदिक औषधि तथा खाद्यपूरक उत्पादनहरु उत्पादनगरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आएको गोरखा आयुर्वेद कम्पनी प्रालिले उत्पादन गरेको ७ हजार २ सय चक्की इमुनो केयर र ४० पीस स्यानेटाइजर उपलव्ध गराएका हुन् ।
गोरखा आयुर्वेद कम्पनीले कोभिड १९ को महामारीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न लामो अनुसन्धान गरेर इमुनो केयर चक्की उत्पादन गरेको हो । अनुसन्धानले इमुनो केयर चक्की जीवन उपयोगी भएको र रोग प्रतिरोधात्मक क्षमता बढाउने देखिएको छ ।
क्वारेन्टाइनमा बसेका, आइसोलेसनमा बसेका र संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि इमुनो केयर चक्की प्रदान गरिएको संस्थाले जनाएको छ ।