थुति मुटु कोहि धड्कन्छ कसरी

गजल

थुति मुटु कोहि धड्कन्छ कसरी!
खोज्दैछु मुटु कृतिम बन्छ कसरी!

बनमा हराएका बस्तु फर्कि अाछन्,
मन बाटै हराएको फर्‍कन्छ कसरी!

हेर न बिचरा बगरको हालत कोहि,
बगर खोलाको चोट सहन्छ कसरी!

मानव निर्मित होइन ज्वालामुखि त,
बोम बारुध बिना पड्कन्छ कसरी!

उनि भन्छन् यो ठाउँ तिम्रो पनि हो,
एक ईन्च ठाउँ नदेइ रहन्छ कसरी!

मुकुन्द राज रोका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार