स्थाई राजधानी र नामाकरण हुन नसक्नु प्रदेशको दूर्भाग्य :प्रदेश सांसद जिसी

बुटवल असार २१
प्रदेश ५ को छैंटौ अधिबेशनको उन्नाईसौं बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद तारा जिसीले प्रदेशका जनताले दुई तिहाई अभिमत सहित निर्णय गर्ने अधिकार यो सरकारलाई दिएर पनि स्थाई राजधानी र नामाकरणको निर्णय गर्न नसकेर अनिर्णयको बन्दी बनेको भन्दै प्रदेशका जनताको लागी सबै भन्दा ठूलो दूर्भाग्य बताउनुभयो।

नामाकरण र स्थाई राजधानीको बिषय सम्मानीत सदनमा प्रवेश कै दिन निर्णय गर्ने अधिकार प्रदेश सभामा र दुई तिहाइ सहितको सरकार भएकाले समय र पैसाको बर्बादी नगर्न सुझाव दिएकी थिए। माननीयहरुको समितिले दिने सुझाव भन्दा अधिकार सम्पन्न विज्ञहरुको राय महत्वपूर्ण र निर्णायात्मक हुन सक्ने सुझाव दिएको सम्झना गराउदै सरकारले त्यस्तै नगरे पनि हाम्रो प्रतिवेदन विज्ञहरुलाई अध्ययन गरी राय दिन भनेको थियो।हाम्रो प्रदेश नामाकरण र स्थाई राजधानी सम्बन्धि प्रतिवेदन र विज्ञहरुको सुझाव सरकारलाई बुझाएको पनि महिनौ बितिसक्यो।यो सरकारलाई निर्णय गर्न के ले छेकेको छ?भनी प्रश्न गर्नुभयो।

प्रत्येक अधिवेशनको सुरवातमा जस्तै यो अधिवेशनको प्रारम्भमा पनि यसैमा नामाकरण र स्थाई मुकाम टुङ्गाउंछौ भनी खोक्रो आश्वासन दिएपनि उक्त विषय तर्फ सरकार मौन रहेको,प्रदेश भरी छरिएका कार्यलयहरुबाट सेवा लिदा जनतालाई असहज भएको र जनताको सबै भन्दा चासो र सरोकारको विषय ओझेल परेको समेत औंल्याउनुभयो।
अस्थाई कार्यलयहरु र निवास आदीको ब्यवस्थापनमा बर्षेनी खर्च हुने ठूलो धनराशी फिजूल खर्ची भएको सरकारलाई ध्यान छ कि छैन?प्रश्न गर्नुभयो।
सरकारको नेतृत्व प्रभावशाली र योजनाकार ब्यक्तित्वको हातमा रहेको भनेर नथाक्ने हामीहरु प्रदेशको नामाकरण र स्थाई राजधानीको विषयमा अनिर्णयको बन्दी बनेको औल्याउनुभयो।
सबैलाई स्थाइ राजधानी आ–आनै घर आगनमा चाहिने प्रवृती संघीयताको विकृती हो भन्दै जनताको विचमा तानातान र भेद–भावको विउ रोपिएको अनिर्णको बन्दी बनाएको यो अवस्थाले देशलाई कहा पू–याउछ? भविष्यले बताउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार