श्यामलाल पोखरेल
बुटवल, असार २२ ।
प्रदेश पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताउनु भएको छ । मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गर्नुभयो ।
रिपोर्टर्स क्लव प्रदेश पांचको दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सरकार दुर्घटना भएपछि के हुन्छ भनेर सोच्नु पर्ने बताउनुभयो । अहिलेको अवस्थामा सरकार कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले देश, जनता र लोकतन्त्रको भविश्य सोच्नु पर्ने बताउनुभयो । उहांले प्राकृतिक विपत्तीसंगै अहिले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । सञ्चार क्षेत्र आर्थिक रुपले संकटमा परेको प्रदेश सरकारलाई थाहा भएको उल्लेख गर्दै पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न नदिने मन्त्री केसीले प्रतिवद्वता जनाउनुभयो ।