स्तनपान नपाई कुपोषण हुन्छ कोखहरु खान्दानि बन्देउ

# गजल#

स्तनपान नपाई कुपोषण हुन्छ कोखहरु खान्दानि बन्देउ!
लखपति हुने रहर छैन चुलो सम्म बाल्ने अाम्दानि बन्देउ!

बेरोजगारले भड्केका युवा भन्ने गर्छन् अाज भोलि किन?
मलाई कत्ति यो ठाउँ बस्ने मन छैन एउटा राहदानि बन्देउ!

फेरि बिउँझिन सक्छ उ धुवा उडाउँदै चिहानघाट बाट,
नजाग्ने गरि उसको खारानि लाई पनि खरानी बन्देउ!

उहीँ कुरा बारामबार सम्झिन्छ जो उसलाई बाच्नु पर्ने,
कसैलाई सम्झिनै नपर्ने त्यस्तो एउटा जिन्दगानी बन्देउ!

दुनिया टहरामा मात्र अागो ठोक्ने अागै अागो भयो यहाँ ,
निभ्ला ननिभ्ला अागो कमसेकम तिमी त पानी बन्देउ!

मुकुन्द राज रोका 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार