संगठनसंग जोडेर ब्याक्तीगत प्रहार गर्नु निन्दनीय छ।

पुरन पोख्रेल
मान्छेको नियतको कुरा मुख्य हो।आजसम्म संगठनको आफू रहेको कमिटीमा ब्याक्तिका ब्याबहार कामकारबाही बारे आलोचना आत्मआलोचना हुने पद्धति मैले जानेको नियम हो।संगठनमा रहदाका विषय समिक्षात्मक रुपले फेसबुकमा व्याख्या गर्नेकुरा जो सुकैले लेखेपनी गलत हो।कमजोरी नै नहुने मान्छे यो दुनियाँमा छ्न झै लाग्दैन!कमजोरी सुधार गर्दै र सिक्दै जिबनको अन्त्य हुन्छ।म कोहि ब्याक्तिका कारणले संगठनमा लागेको होइन,संगठनमा कामगर्ने क्रममा कोहि अलि बढी नजिक भएहोलान कोहि संग कम संम्पर्क भएहोला त्यो गौण कुरा हो।बिमल पोख्रेल अध्यक्ष बन्लान एउटै कमिटीमा भैएला भनेर राजनीति गरेको होइन!ब्याक्तीको ब्याक्तीगत जीवन हेरेर ब्याबहार हेरेर राजनीतमा लागिदैन!मन भावना सबैकुरा मिल्दा सबै ठिक तर तलमाथि परे ब्याक्तिगत रुपमा कसैले कसैलाइ खुइलाउनु ,ब्याक्तिगत रुपमा प्राहार गर्नु गैरराजनीतिक काम हो ।संगठन चित्त नबुझ्न अथवा पार्टी मन नपर्न पाइन्छ तर त्यही कारणले ब्याक्तिगत रुपमा ब्याक्तिमाथी यो वा त्यो बाहानामा प्रहार गर्नु राम्रो होइन।पार्टीमातहतका मोर्चा हरुमा सबैकुरा छ्लफल हुन्छ त्यही त्यो कुरा सकिन्छ।कामरेड अध्यक्ष राम्रो नराम्रो सहि गलत भन्नेकुरा फेसबुक भरी लेखेर भन्नू पर्छ भन्ने छैन।तर आजसम्मको सहयात्रामा सहजता छ सरलता छ।त्यसैले ब्याक्ती माथिको प्रहार बन्द गरिनुपर्छ।रिस राग भए सिधै फोन गर्ने म्यासेज गर्ने गर्न पाइन्छ तर संगठन पार्टी संग जोडेर अनेकन रोइलो गर्नु आबस्यक छैन।चाहे अल्पमत वा बहुमत जे सुकै होस् जो सुकै होस त्यो महाधिवेशनबाट सकिएको कुरा हो।कसैले अघोषित फोरम चलाएर बस्ने छुट छैन।पार्टीमा भएका छोडेर गएका सबैको योगदानले पार्टी बनेको हो।ब्याक्ती गौण कुरा हो पार्टी सक्काउने ,बचाउने ठेक्का कसैले पाएको छैन।जहाँ जुन स्थानमा छौं त्यहीबाट पार्टीलाई सहयोग गर्ने हो त्यसरीनै बचाउने हो ।न कसैले सकेर सकिन्छ न बचाउछु भन्दै लेखेर !त्यसैले गैरजिम्मेवार अभिव्यक्ति दिने छुट संगठन भित्रका साथीहरूलाई छैन ,बाहिर कसैले हल्ला गर्दैमा लामो इतिहास बोकेर बाचेको पार्टी सकिँदैन। जतिदिनसम्म काम गर्न सकिन्छ त्यतिन्जेल सकेजती योगदान गरिनेछ त्यसपछि अरु जे होला कसैका ब्याक्तीगत कुरा लेखेर उर्लापात गरेर बसिनेछैन।चुपचाप आफ्नो काम गरिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार