गजल
कस्ले भन्छ त्यो फुल ओईलि झरेको हो/
भुल्छन् किन बिपत्ति भुमरिमा परेको हो//
सितालाई रावणले हरण गर्यो भन्छ कथा/
साच्चै किन अाज दुनिया कस्ले हरेको हो//
धर्ति भासिन थाल्यो प्राणि मासिन थाल्यो/
तर किन त्यो भगवान भन्ने भुई नझरेको हो//
कसैलाई मार्दा अाफु कहिले मर्नु पर्छ भनेन/
अाज किन अज्मबरि लाई मृत्यु थपरेको हो//
दाम्लो र साङ्लो त हातैमा छ अझै उसको/
भन्न मिल्छ मिल्दैन मान्छे हावामा डरेको हो//
अहिम्साका पुजारी बन्छ कति चाढै उनिहरु/
यो नभुलौ कि त्यो खुन जनघारमा तरेको हो//
मुकुन्द राज रोका