क्रिया बसेको नौ दिनमा जीवितै भेटिए गुल्मीका श्यामचरण

श्यामलाल पोखरेल
बुटवल, असार २७ ।
क्रिया गरेको नौ दिनमा गुल्मीका एकजना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउंपालिका वडा नम्बर पांचका श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउंपालिकामा जीवितै भेटिएका छन् । श्यामचरण भण्डारी नौ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराउनु हो । सामान्य विरामी खालका श्यामचरण भण्डारी केही दिन अघि रुपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भैरहेको अवस्थामा गुल्मी रुरु कै साघाट भन्ने ठाउंमा एकजना पुरुषको शव भेटिएको थियो । नौ दिन अघि नाङो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भएको किटानी गरेपछि अन्त्येष्टी गरी सामाजिक परम्परा अनुसार क्रिया बसिएको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ । गुल्मी रुरु गाउंपालिका ५ बोटे गाउंका स्थायी वासिन्दा श्यामचरणको परिवार रुपन्देहीका मणिग्राममा बस्दै आएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार