गुणस्तरीयता कमि नआउने गरि कामहरु सम्पन्न : प्रमुख यादव

सुर्य भुसाल
असार २९ अर्घाखाँची । खानेपानी तथा सरसफाइ डिभिजन साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादबले गुणस्तरीयता कुनै पनि ठाउमा कमि नअाउने गरि कामहरु सम्पन्न गरिएको बताउनु भएको छ । अर्घाखाँची जिल्ला का बिभिन्न ठाउहरुमा कामहरु भईरहेका र सम्पन्न भएका खानेपानी योजनाहरुको अनुगमन गर्दै साईट कार्यलय अर्घाखाँची का ईन्चार्ज यादबले अाफुहरु फिल्डमा नपुगे र अनुगमन नगरे सम्म कुनै उपभोक्ता समितिहरु लाई भुक्तानि नगरिएको बताउनु भयो । अर्घाखाँची जिल्लामा खानेपानी का धेरै य‍ोजनाहरु यस बर्ष सम्पन्न भएका छन सफा सब्छ्व खानेपानी खानपाउनु अाम उपभोक्ता हरुको अधिकार भएको बताउदै उहाले उपभोक्ता समिति हरुले काम गर्ने र तिनै उपभोक्ता समिति हरुले खानेपानी प्रयोग गर्नु पर्ने भएको कारण पनि खानेपानी का अायोजनाहरु अति सम्बेदनसिल हुने हुदा गुणस्तरीय तामा कुनै कमिहुन नदिने र गुणस्तरीय काम गर्न अाफुले उपभोक्ता हरुलाई सचेत गराउने गरेको बताउनु भयो । अर्घाखाँची साईट कार्यलयमा दुई जना अधिकृत ईन्जिनियर र अन्य प्राबिधिक ले दिनरात खटेर फिल्ड र कार्यलयको काम गरि रहेका छन । साईट कार्यलय अर्घाखाँची मा साईट ईन्चार्ज रामभरोस यादब र ईन्जिनियर बिदान अर्याल सहितका कर्मचारी दिनभर खटिरहेका छन अर्घाखाँची जिल्लामा कर्मचारी ले निकै मिहिनेत गरेका कारण प्रदेस सरकारले थप बजेट सम्म उपलक्ष्य गराएको थियोे सो बजेटको काम समेत तोकिएको समयमा सम्पन्न गरिएको छ । खानेपानी सरसफाइ डिभिजन कार्यलय पाल्पाको मातहतमा साईट कार्यलय अर्घाखाँची मा छ पाल्पामा डिभिजन प्रमुख सिबमान श्रेष्ठ छन निकै स्वछ्व छबिका डिई सिबमान श्रेष्ठ अर्घाखाँची मा डिभिजन छदापनि कार्यलय प्रमुख थिए अहिले पनि साईटको काम निरिक्षण गर्न डिई सिबमान श्रेष्ठ हप्ताको १ पटक अर्घाखाचि अाउने गर्छन अर्घाखाँची साईट कार्यलय बाट जतिबेला पनि सेवाग्राही ले मुस्कान सहितको सेवा लिने गरेका छन तोकिएको समयमा काम सम्पन्न गर्ने कर्मचारी हरुको गाउका उपभोक्ता हरुले खुलेर प्रसम्सा गर्ने गरेका छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार