छत्रदेव गाउँपालिका अर्घाखाँची का प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सबै को प्रिय बनेर काम गर्न सफल कुसल सक्षम अधिकृत हुन

मानिसहरूका स्वभाव धेरैका धेरै थरी का हुन्छन् । कसैका स्वभाव सबैसँग मिल्ने खालका हुन्छन् भने कसैका केही मान्छे सँगमात्र मिल्ने खालको हुन्छन् । जो व्यक्ति निस्वार्थ भावनाले आफ्नो कामलाई गति दिएको हुन्छ त्यो व्यक्ति सबैको प्रिय बन्दछ भने जसको काममा स्वार्थ लुकेको हुन्छ त्यो व्यक्तिका पछाडि कुरा काट्नेहरू धेरै हुन्छन् । स्वार्थी भावनाका व्यक्तिहरूले दृश्य वा अदृश्यरूपमा समाजमा नकारात्मक प्रभाव पारेका हुन्छन् । त्यस्तै निःस्वार्थी भावनाले छत्रदेव गाउँपालिका अर्घाखाँची का प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सबै को प्रिय बनेर काम गर्न सफल कुसल सक्षम अधिकृत हुन । लामो समय जागिरे जिबन बिताएका निस्कलङकित राष्टसेबक को छबि बनाउन सफल भुसाल स्थानिय निकाएमा पनि अनुभबि अधिकृतको सुचिमा पर्छन र काम पनि निकै राम्रो गर्ने अधिकृत हुन ।
संघीयता कार्यन्वयनमा आएसँगै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका भुसालले छोटो समयमै छत्रदेव गाउपालिकाका स्थानीयहरूको मन जित्न सफल भएका छन । नयाँ जनप्रतिनिधी र नयाँ व्यवस्थामा कार्यसम्पादनमा देखिने चुनौतीहरूका बाबजुत पनि विवादरहित तरिकाले गाउँपालिकाको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका भुसालले गाउँपालिकामा अाएदेखि नै निति नियम कानुन बनाउन ब्यस्त देखिने गरेको स्थानिय बुद्धिजीवी बताउछन
प्रचारप्रसारभन्दा पनि काम ठूलो भएको बताउने भुसालले काम गरेपछि प्रचार नभए पनि खासै फरक नपर्ने र अाफु पर्चारमुखि नभएको दाबि गर्छन । काम गरेपछि लोकप्रियाताको मिडियामा आउनै पर्छ भन्ने कुरा प्रतिअसहमत जनाउने भुसाल राम्रो गर्नेहरू भित्रभित्रै उचाइमा पुग्ने र जन्ताको प्रिय अाफै बन्ने बताउँनुहुन्छ । नीति नियम र कानूनको परिधिभित्र रही जनताको माझमा गरिने कामहरू बढी पारदर्शी र निष्पक्ष हुने गराउने अाफ्नो दायित्वबाट पन्छिन नहुने बताउने भुसाल को कार्यशैली पनि सोही अनुसारको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आएसँगै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायत चौतर्फी क्षेत्रका योजनाहरूलाई समावेश गरेर प्राथमिकताका आधारमा योजनाहरू कार्यन्वयनमा ल्याउन सक्ने खुबी भएका भुसालले चालू आवसहित विगतका दुई आर्थिक वर्षहरूको कार्यसम्पादनले गाउपालिका प्रदेसकै उत्कृष्ट कार्यसम्पादन गर्ने नमुना गाउपालिका बन्न सफल भएको छ ।
पहिलो वर्ष ९७ प्रतिशत, दोस्रो वर्ष ९६ प्रतिशत र चालू आवमा ६०÷७० प्रतिशत विकास बजेट खर्च भएको र हुने बताउँदै भुसालले चालू आवमा सबै योजनाहरू सम्झौता भए पनि कोरोना भाइरस संक्रमणको खतराले सबै योजनाहरू कार्यन्वयनमा आउन कठिन भएको बताउँछन् । कृषि क्षेत्रमा उत्पादन वृद्धिका कार्यक्रहरू सञ्चालन गरी व्यावसायिक कृषिमा आकर्षण बढाउन विभिन्न खालका अनुदानका कार्यक्रमहरू ल्याएको गाउँपालिका दुध, तरकारी, अण्डालगायतका कृषि उत्पादनहरू निर्यात गर्ने गरेको भुसालले बताए । उनले भौतिक पूर्वाधारको विकास, गुणस्तरिय शिक्षा, व्यक्तित्वको विकास, जनचेतनाको अभिवृद्धि, प्रभावकारी स्वास्थ्य सेवालगायत जनताका साना साना आवश्यकताहरूलाई पूर्ण गराउँदै अन्य ठूला आवश्यकताहरू पूर्तिको लागि योजनाबद्ध रूपमा लागेको दाबि गरे ।
अनियमिततासम्बन्धी उठ्नसक्ने आवजहरूलाई मध्यनजर गर्दै र खर्चलाई पारदर्शी रूपमा देखाउन गाउँपालिकाको सबै खर्च, राजस्व तथा आयव्यय विवरण अनलाइन सिस्टममा राख्ने गरेको बताउँदै भुसालले चालू आर्थिक वर्षमा ठेक्कापट्टा भैसकेका बहुबर्षिय योजनाका कामहरु भईरहेको बताउदै भुसालले अनियमितता जरैबाट उखल्ने प्रयास गरिएको दाबि गरे ।
कोरोना भाइरस संक्रमणकालीन अवस्थामा पनि प्रत्येक दिन कार्यालय आएर स्थानीयमा देखिने समस्याहरू समाधानको लागि राति अबेरसम्म काम गरेर बस्ने भुसाल ले चालू आवमा गाउँपालिकाको प्रशासनिक सबिधा सम्पन्न भवन निर्माण कार्य सुरु हुने अबस्थामा पुगेको बताउछन । उनले भने– थप वडा कार्यालयहरू स्वास्थ्य कार्यलय निर्माण कार्य पनि शुरु भएका छन अागामि बर्ष सम्पन्न हुने भुसालको भनाइ छ । गाउपालिकामा स्थानिय सरकार सन्चालन गर्न अाबश्यक पर्ने ऐन नियम र कार्यविधिहरू निर्माण भैसकेका छन् भने अन्य शिक्षा, कृषि, सडकलगायतका क्षेत्रहरूका योजनाहरू धमाधम कार्यन्वयनमा आएर दुर्त गतिमा अगाडि बढेका छन छन् ।
गाउँपालिकाको विकासका लागि सहकार्य र समन्वयलाई बढी प्राथमिकता दिने भुसालले अपवादबाहेक सबै कुराहरूलाई सहजै समाधान गर्नसक्ने क्षमता छ । चाहे कानुनी व्यवस्था माथि चर्चा गरेर हुन्छ चाहे अन्य कुरा प्रभावकारी योजना ल्याएर हुन्छ, सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई एकमत गराएर विकास निर्माणका कार्यहरू सञ्चालन गर्नसक्ने उनीमा एउटा उदाहरणीय क्षमता छ ।त्यसैले छत्रदेव बासिको मन जित्न भुसाल सफल भएका हुन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार