टेक्निकल शिक्षा पढाउने CTEVT ले टेक्निक लगाउन किन सकेन ?

कपिल पाण्डे
CTEVT को केन्द्रिय कार्यालयका सम्पुर्ण गुरुहरु र CTEVT का अन्य संस्थामा कार्यरत सम्पूर्ण शिक्षकहरु प्रति हामी CTEVT मा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको तर्फबाट सादर प्रणाम, अहिलेकोयो विषम परिस्थितिमा हामी विद्यार्थीहरुको समस्यालाइ बुझीँ नयाँ विकल्प खोज्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं र थियौ तर न हामी विद्यार्थीहरुलाई परेको समस्या परेर मात्र हजुरहरु माझ पेश गरेको हो ।अन्य बिधालयले बैकल्पिक उपाय खोजि सक्दा CTEVT ले परिक्षा लिएको एक बर्ष पुग्न लागि सक्दा पनि नतिजा प्रकाशित गर्न त परै जावस यकिन समय दिन समेत सकेको छैन?
अनलाइन कक्षा सञ्चालन एउटा विकल्पको रुपमा होला तर हामी ग्रामिण क्षेत्रका विद्यार्थीहरु केको सहायताले अनलाइन कक्षामा सहभागी हुने ? यो विषम परिस्थितिका बिच कसरी अनलाईन आएर पढने , बर्खायाममा पानी परेपछि बत्ती नआउने , नेटवर्क जाने र टुकि बाल्दा मट्टीतेल नपाइने ठाउँमा कसरी अनलाईन पढ्ने ? यस्तो अवस्थामा हामी अनलाईन कक्षामा सहभागी हुन असमर्थ छौ । हामी सम्पूर्ण नेपाली नागरिक मध्यम र निम्न वर्गीय परिवारमा जन्मेका किसान परिवारमा हुर्केका छौ र हाम्रो आर्थिक अवस्था निकै कमजोर छ , CTEVT ले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिन्छ भन्ने अपेक्षाले गर्दा हामी CTEVT मा अध्ययन गर्न आएका हौ । हामी विद्यार्थीको समय र भविष्यलाइ ध्यान दिदै कुनै पनि बिकल्प प्रयोग गरि हामी बिद्यार्थीहरुको यो समस्या बुझिदिनु हुन्छ भन्ने अाशा गरेका छौ ।
(टेक्निकल शिक्षा पढाउने CTEVT ले टेक्निक लगाउन सकेन किन ?)

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार