खाइपाइ आएको तलव रोकिएकोप्रति शिक्षक, कर्मचारीको आपत्ति
सुपादेउराली अनलाइन
प्रकाशित मिति : शुक्रबार, साउन २, २०७७
श्यामलाल पोखरेल बुटवल, साउन २ ।
शिक्षक, कर्मचारीहरुको तलब भत्ता रोक्ने र बेतलवी बिदामा राख्ने प्याब्सन र एनप्याब्सको निर्णप्रति नीजि विद्यालयका शिक्षक, कर्मचारीले आपत्ति जनाएका छन् । प्याब्सन र एनप्याब्सको निर्णय गलत भएकाले उक्त निर्णय फिर्ता लिन माग नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियनले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश पांचले शुक्रबार प्रदेश पांचका समासजक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको नीजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश पांचका अध्यक्ष लेखनाथ पौडेल र इन्चार्ज हरिप्रसाद पौडेल नेतृत्वको टोलीली मागसतिको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले नीजि विद्यालयका शिक्षक, कर्मचारीहरका समस्याको निकास निकाल्न सरकार र व्याक्तिगत तर्फबाट पहल गर्ने प्रतिवद्वता जनाउनु भयो । कोराना भाइरसका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा प्रदेश सरकार प्रभावित सबै क्षेत्रको सकेसम्म सम्बोधन गर्ने पक्षमा रहेको मन्त्री बरालको भनाइ छ । कोराना भाइसरको बेलामा शिक्षक कर्मचारीलाई विद्यालयबाट राहात, विमा जस्ता सुविधान दिनुपर्नेमा खाइपाइ आएको तलवसमेत रोकेर प्याब्सन र एनप्याब्सनले श्रमीक र उनीहरुसंग आश्रित परिवारको गास खोस्ने काम गरेको शिक्षक, कर्मचारीहरको भनाइ छ । पढ्न र पढाउने पाउने अधिकार सुनिश्चित गर्दै मासिक सेवा सुविधा तत्काल उपलब्ध गराउन नीजि तथा संस्थागत विद्यालय शिक्षक युनियन प्रदेश पांचका अध्यक्ष लेखनाथ पौडेलले सरकार, प्याब्सन, एन प्याब्सन र सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । नीजि क्षेत्रका शिक्षक, कर्मचारीलाई आफुअनुकुल प्रयोग गर्न नपाइने बताउनु भयो । प्रदेश पांचका इन्चार्ज हरिप्रसाद पौडेलले नेपालीे शिक्षाको ठूलो हिस्सा नीजि विद्यालयका शिक्षक तथा कर्मचारीहरुको रगत पसिनामा अडिएको यथार्तलाई सरकार, विद्यालय, प्याब्सन, एन प्याब्सन र सरोकारवाला निकायहरुले बुझ्न नसक्दा आज देशका लाखौ शिक्षक, कर्मचारी भोकभोकै रहने अवस्था आएको बताउनु भयो । साहित्यकार तथा शिक्ष मिनबहादुर रानाले नीजि क्षेत्रका शिक्षक, कर्मचारीहरुले शिक्षामा पुराएको योगदानको कमदर नहुंदा अहिले समस्या भोग्नु परेको बताउनु हुन्छ ।