बुबा आमा काममा जादा म पढाइ छ भनी घरमा बस्न नैतिकता ले दिदैन सर?

श्री क्याम्पस प्रमुख ज्यु।
हजुरलाई अबगत नै छ वर्तमान समय Covid19 अर्थात काेराेना भाइरस का कारणले सिङ्गो देश र विश्व नै प्रभावित छ। विभिन्न क्षेत्र उद्योग कलकारखाना अार्थिक प्रशासनिक शैक्षिक लगायत अन्य धेरै क्षेत्र नराम्रो सङ्ग प्रभावित हुन पुगेको छ। र शैक्षिक क्षेत्र अन्तरगत सम्पूर्ण कलेज क्याम्पस विध्यालयकाे पठनपाठन पुण रुपमा बन्द छ।हाम्रो क्याम्पस काे पनि शैक्षिक गतिविधि देखि लिएर पठनपाठन पुण बन्द नै छ। मैले सुनेकाे छु हाम्रो क्याम्पस ले पनि वैकल्पिक माध्यम अन्तरगत online कक्षा सन्चालन गरिरहेको छ।तपाईंलाई थाहा नै छ कि हाम्रो क्याम्पस मा शहर का भन्दा गाउँ बाट गएर अध्यन गर्ने विद्यार्थी काे सङ्ख्या धेरै छ।त्यस मध्ये म पनि गाउँ बाट सहर पढ्न पसेको र अहिले लक डाउन ले गर्द अाफ्नाे घर मा बसिरहेको छु।क्याम्पस बाट फाेन अाए काे छ रे अनिवार्य अनलाइन कक्षा मा हाजिर हुनु भनेर । पढ्न भनेर गाउँ देखि शहर जाने मलाई पढ्न किन मन नहुनु र तर विडम्बना यो छ कि सर यता नेट छै माेवाइल डाटा लिएर कक्षा जाईन गर्न हुन्थ्यो यता गाउमा राम्रोसँग टावर दिदैन सर अनि कसरि पढु म?
असारको चटारो छ। अझ भनु गाउँमा झन असारको चटारो ले भ्याई नभ्याई छ। जसाे तसाे माेवाइल मा टावर ले साथ दिएको समयमा अनलाइन कक्षा जाेइन गर्न त हुन्थ्यो तर मन मान्दैन । ५० कटेका अामा बुबा खेत मा काम गर्न बिहानै काेदालि बाेकेर खेतमा जादा अनि म कसरी भनु मेरो पढाइ हुदै छ तपाईं जानुस भनेर। उहाँ हरु भन्नू हुन्छ पढ्नु छ भने पढ न त।तर मेरो नैतिकता ले दिदैन सर ५० कटेका अामाबुबा काम गर्न खेेत जादा म चाहिँ अनलाइन कक्षा छ भनेर घरमा बस्न ?म घरमा नहुदा जे जसरि काम गरेको भए पनि म घर नहुदा अामा बुबालाई काम मा साथ नदिदा मैले पढेको नैतिक शिक्षा ले मलाई नै सराप्छ।
कहिलेकाहीँ मन मनै साेच्दछु र काठमाडौ जान्छु भनेर निणय लिन्छु अनि अामा बुबा लाई पढ्न का लागि काठमाडौ जान्छु त्यता नेट छ भनेर भन्दा अामा भन्नू हुन्छ पर्दैन जान काठमाडौं गएर केही भई हाल्यो भने? पाेहाेर नि डेङ्गु ले बल्लतल्ल बाचिस यो वर्ष झन यस्तो राेग छ कहाँ जान्छस। ज्यान राम्रो छ भने त पछि पढे पनि हुन्छ । म सम्झन्छु पाेहाेर डेङ्गु ले बल्लतल्ल बाचेकाे पल अनि साेच्छु हो त ज्यानलाई ठिक छ भने त पढाइ त छदैछ नि
पढ्दै गर्दा विभिन्न ठाउँबाट जब काे अफर अाउदा पनि पढाइ लाई प्राथमिकता मा राखेर एक दिन नछुटाई क्याम्पस जाने विद्यार्थी म यस्तो अवस्था कलेजको पढनपाठन बन्द हुदा र अहिले कलेज ले अनलाइन कक्षा चलाई रहदा खुसीको साथ पढ्न चाहन्थे तर विडम्बना यो छ कि यहाँ राम्रोसँग नेट चल्दैन ।अनि रहर इच्छा हुदाहुदै पनि अनलाइन कक्षा मा सहभागी हुन नपाउदा म विवश छु सर?
मैले पढ्न पाईन भनेर अरुलाई नि पढाउन हुदैन भन्ने मेरो मनाशय पट्क्कै होइन । कक्षामा कुनै दिन विद्यार्थी कम भए भने पनि हामी जति छाै त्यति मात्रै भए पनि पढ्नु पर्छ भन्ने म यस्तो बेला कलेज ले तयारी का साथ पढाइ रहदा म जस्तो जाे पढ्न मन भएर पनि गाउँ नेट काे समस्य कै कारण उपस्थित हुन नसक्ने विद्यार्थी ले कक्षा हुनुहुँदैन भन्न कदापि मिल्दैन । कहिलेकाही समय मिले सम्म अनलिमिटेड डाटा तानेर कक्षा जाईन गर्न खाेज्छु विडम्बना कक्षा लिने शिक्षक ढिलो अाइदिनुहुन्छ। यस्तै यस्तै समस्या अाउने हुदा त्यहि भएर सम्बन्धित सबै शिक्षक लाई भनेको नि छु कि मलाई मेल ठेगाना मा नाेट तथा अनलाइन कक्षा मा पढाएको सामग्री पठाइदिनुस् म त्यही पढ्छु तर अहिलेसम्म पाउन सकेको छैन सर?
कहिलेकाही शिक्षकले विद्यार्थी लाई गर्ने व्यवहार मा नि विभेद भएको ठान्छु । किन हो उनिहररु समस्याको प्वाल लाई थुनेर समथर बनाउन मात्रै खााेज्छन सर? विद्यार्थी सबै एकै त हुन काेहि लाई पढ्ने सामग्री पठाउने , किन कक्षा जाेइन नगरेको भनी मेसेज गर्ने तर कुनै लाई पढ्न खाेज्दा पनि नपठाउने र किन अाएन भनेर जानकारी सम्म नलिने ? यसाे भन्दै गर्दा शिक्षक काे पनि समस्य हुदैन भन्न खाेजेकाे होइन किन कि म लाई थाहा छ शिक्षकहरू व्यस्त हुनुहुन्छ हाेला र त सम्झन भ्याउनु भएन ।पढाइको भाेक काे प्यास ले म तपाईंले पढाउने शैक्षिक सामग्रीको प्रतीक्षामा छु सर?अन्त्यमा
साथ साथै म शिक्षकहरू लाई चुनाैति दिन चाहन्छु ।विद्यार्थी ले अाफ्नाे समस्या राख्दा र समस्या नबुझी जसरि तपाईं अनिवार्य कक्षा मा उपस्थित हुनु पर्छ पछि थाहा छैन भनेर भन्नू हुन्छ नि एक पटक अाफु गाउँमा भएको कल्पना गर्नुस त यदि तपाईं अाफ्नाे गाउँमा हुनु भएको भए कसरी पढाउनु हुन्थ्यो ।शिक्षक अनि शैक्षिक प्रशासन किन गाउँमा भएको विद्यार्थी काे समस्या बुझ्दैनन्? गाउँमा नेट छैन माेवाइल मा राम्रो नेट्वोर्क दिदैन अनि मन हुदाहुदै सहभागी हुन पाईदैन।
म जस्तो जाे लक डाउन ले गर्दा गाउँमा नै बसिरहेको विद्यार्थी लाई यस्तो समस्या काे बिच कसरी अनलाइन वा अन्य माध्यम बाट पढ्ने वातावरण मिलाउन सकिन्छ त सर?
धन्यवाद
तपाईंको प्यारो विद्यार्थी
बिष्णु मिजार
सानोठिमी क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पस
जि पि काेइराला मेमोरियल कलेज

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार