उधारो आश्वासनको मात्र यहाँ ऋण लाग्यो: मुकुन्दराज रोका

उधारो आश्वासनको मात्र यहाँ ऋण लाग्यो!
तमसुखै बोकि असुल्ने साहुको भिड लाग्यो!

धार अस्त्रले मात्र सकेन रे असामान्ता चिर्न,
हेर पितलको खुर्पेटोमा सुनको बिड लाग्यो!

तातो रगतमा हुनु पर्छ चिसो रगत संयोजन,
कसरी भन्दैनौ बर्ग संघर्ष हुन जिण लाग्यो!

धमिलोमै मार्नु सजिलो हुन्छ रे बाच्न लाई,
सायद सङ्लिन खोला गेग्गर पिध लाग्यो!

आज सहानुभूतिले गोहिको आखमा आशु?
यहाँ व्यर्थ प्राण रेटिदा कसलाई टिठ लाग्यो?

मुकुन्द राज र‍ोका

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार