बैनित्व नेपाल बुटवलद्वारा अपाङ आश्रममा आश्रितकहरुलाई सहयोग

श्यामलाल पोखरेल
बुटवल, साउन ३ ।
आश्रममा आश्रितहरुको मनोवल बढाउने उद्वेश्यले साउने संक्रान्तिको अवसरमा बैनित्व नेपाल बुटवलले खाना खुवाउनुका साथै मेन्दी र चुरा वितरण गरेको छ । बुटवल वडा नम्बर नौ मा सञ्चालित अपाङ आश्रममा आश्रितहरुलाई बैनित्व नेपाल बुटवलले शनिबार खाना खुवाएर मेन्दी र चुरा दिएर सहयोग गरेका छन् । अपाङ आश्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी आश्रमका संस्थापक अध्यक्ष डोलबहादुर रामदासको आतिथ्यतामा कार्यक्रम गरिएको हो । हिन्दु संस्कार अनुसार साउने संक्रान्तिबाट हरिया चुरा लगाउने र मेन्दी लगाउने संस्कार अनुसार चुरा र मेन्दी उपलब्ध गराएर निमुखाहरुलाई सहयोग गरिएको बैनित्व नेपाल बुटवलकी सदस्य कल्पना गौडेलले बताउनुभयो । मान्छेमान्छे एउटै हो । मान्छेलाई मिठो मसिनो खान मन लाग्छ, राम्रा कपडा लाउन मन लाग्छ, तर उसंग केही हुदैन । त्यही भएर आर्थिक रुपले विपन्नहरुको चाहाना थोरै भएपनि पुरा गर्ने उद्वेश्यले सहयोग गरिएको कल्पना गौडेल बताउनुहुन्छ । विन्दु भुसालको अध्यक्षता र कल्पना गौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेप्लीज ब्रोदर रुम रुपन्देही संयोजक राजु टण्डन, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, बैनित्व नेपाल इटहरि प्रतिनिधि एलीसा दाहाल, भैरहवा प्रतिनिधि ममता केसीको सहभागितामा कार्यक्रम गरिएको थियो । बैनित्व नेपाल बुटवल बुटवलले महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरेर महिला र वालवालिकाको हक अधिकारको पक्षमा बैनित्व नेपाल क्रियाशील छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार