खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयद्वारा उल्लेखनीय प्रगति हासिल

सुर्य भुसाल
साउन ५ अर्घाखाँची । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पा र साईट कार्यलय अर्घाखाँची ले उल्लेखनीय प्रगति हासिल गरेका छन । बिश्वब्यापी फैलिएको कोरोना रोग माहामारि को प्रभाबका बाबजुद पनि डिभिजन खानेपानी कार्यलय पाल्पा र मातहतमा रहेको साईट कार्यलय अर्घाखाँची ले को काम को प्रगति उल्लेखनीय देखिएको हो ।खानेपानी डिभिजन कार्यलय पाल्पा बाट झन्डै ८० प्रतिसत र साईट कार्यलय अर्घाखाँची बाट ९० प्रतिसत प्रगतियोग्य काम सम्पन्न भएको डिभिजन कार्यलय पाल्पाका प्रमुख शिबमान श्रेष्ठले जानकारी दिनु भयो । अर्घाखाँची जिल्लामा यस बर्ष ९७ वटा योजना रहेको र अार्थिक बर्ष २०७६/२०७७ मा नौ वटा योजनाहरु पुर्ण रुपमा सम्पन्न भएको र यि योजनाहरु बाट ११ सय ७१ घर धुरि उपभोक्ता ले खानेपानी खानपाएको र लाभान्वित भएको साईट कार्यलय अर्घाखाँची का प्रमुख राम भरोस यादबले जानकारी दिनु भयो सम्पन्न भएका योजनाहरुमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ मा नौलापानि खानेपानी अायोजना पनि पर्दछ जस्को लगानि खानेपानी प्रदेस सरकार सन्धिखर्क नगरपालिका सन्धिखर्क खानेपानी तथा सरसफाइ अायोजना ले सयुक्त लगानि गरेका थिएभने सो पानि यस बर्ष सम्पन्न भएको छ सो अायोजना नौलापानि बाट सन्धिखर्क देउरालीमा रहेको खानेपानी ट्याङ्की र वाउनडाडा मा रहेको खानेपानी ट्याङ्की मा ग्राभेटि सिस्टम बाट पानि खसालि अब उपभोक्ता लाई पानि सहज बनाउन लागिएको डिभिजन प्रमुख शिबमान श्रेष्ठ को भनाइ छ श्रेष्ठ सरल र गुणस्तरीय काम गराउन सफल अनुभवी सबै ले रुचाएका डिभिजन प्रमुख हुन । यसको अलवा पोखराथोक खानेपानी अनयोजना केरुङगा बल्कोट खानेपानी अायोजना ,मजुवा खोला बल्कोट लिफ्ट अानेपानि योजना ,झेडिखोला पोटुवाथुम खानेपानी योजना ,भुतियाखोला तल्लो झिरवास खानेपानी योजना छत्रदेव ,सामकोट खानेपानी योजना सितगङगा ९ , काउलेखोला पुरानो गाउ जसरामे खानेपानी योजना सितगङगा २ , धारापानि सलेना पाणिनि ३ पोखराथोक गरि ९ वटा योजना हरु पुर्ण रुपमा सम्पन्न गरि उपभोक्ता ले खानेपानी खान सुरु गरेको साईट कार्यलय अर्घाखाँची का ईन्जिनियर बिदान अर्यालले जानकारी दिनु भयो । योजनाहरु मध्ये अर्घाखाँची का ६ वटा योजनाहरु अाम्सिक रुपमा सम्पन्न भएका छन जस वाट ५ सय २६ घरधुरि लाभान्वित भएको र खानेपानी को काम पुरा भएको केहि प्राबिधिक काम बाकि रहेको ले लकडाउनका कारण पुर्ण सम्पन्न गर्न नसकिएको र छिट्टै योजना सम्पन्न गर्ने तैयारी भएको ले यो सगै बित्तिय प्रगति ९० प्रतिशत पुगेको साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभर‍ोस यादवले जानकारी दिनु भयो । खानेपानी डिभिजन कार्यलय पाल्पा र मातहत कार्यलय अर्घाखाँची मा प्राबिधिक जनसक्तिको निकै कमि छ पाल्पामा डिभिजन प्रमुख शिबमा श्रेष्ठ र १ जना ईन्जिनियर ३ जना खापसटे हाल कार्यरत छन भने अर्घाखाँची मा २ जना ईन्जिनियर ३ जना खापसटे मात्रै कार्यरत छन डिभिजन कार्यलय अर्घाखाँची मा नभएपनि अर्घाखाँची का उपभोक्ता हरु सम्झौता गर्न भुक्तानि लिन पाल्पा जान पर्ने बाध्यता छैन अर्घाखाँची मा काम सम्पन्न भएपछि पाल्पा बाट अर्घाखाँची सम्म चेक ल्याउने लैजाने बाताबरण कार्यलय प्रमुख श्रेष्ठले मिलाएका कारण पनि अर्घाखाँची मा डिभिज भए सरह कामहरु भईरहेका छन उपभोक्ता हरुलाई कुनै झन्झट नहुने गरेको मरेङ खानेपानी अायोजनाका अध्यक्ष तारा प्रसाद श्रेष्ठले र ढिकुरा खानेपानी अायोजनाका अध्यक्ष राम प्रसाद घिमिरेले जिकिर गर्नु भयो । खानेपानी डिभिजन कार्यलय पाल्पाले यस अार्थिक बर्षमा अर्घाखाँची का ३१ ठुला योजनाहरु सम्पन्न गरि २९ सय घर धुरि उपभोक्ता लाई खानेपानी खुवाउने लक्ष्य राखिएको अर्घाखाँची साईड कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादवले जानकारी दिनु भयो यादवका अनुसार मरेङ खानेपानी अायोजना , काटेका रुख खानेपानी छत्रगन्ज लिफ्ट खानेपानी य‍ोजना , कालिमाटी लिफ्ट खानेपानी योजना खिदिम , साल्वोट लिफ्ट खानेपानी योजना ठुलापोखरा , खाकाबेसि थाम्कोट लिफ्ट खानेपानि योजना भिमिका स्थान ५ । चरिन्जे जुरौनि कालाकोट खानेपानी योजना सितगङगा वार्ड नम्बर ८ को योजना पुरा सम्पन्न गर्ने गरि काम भईरहेको अनुगमन निरिक्षण समेत गरिराखिएको साईट कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादबले दाबि गर्नु भयो यि योजना सम्पन्न हुदा २९ सय घरधुरि प्रतक्ष्य लाभान्वित हुने डिभिजन प्रमुख शिबमान श्रेष्ठ को भनाइ छ खानेपानी को क्षेत्रमा राम्रो र उल्लेखनीय भौतिक प्रगति देखिने गरि काम गर्ने डिभिजन को रुपमा पाल्पा पर्दछ । जनसक्ति निकै कम योजनाहरु धेरै हुदा कर्मचारी हरु रातदिन खटेर काम गर्नु पर्ने बाध्यता छ दिनभर फिल्डमा जानुपर्ने साझ बिहान कार्यलयको काम गर्नुपर्ने भएको कारण पनि कर्मचारी निकै काममा ब्यस्त देखिने गरेका छन पाल्पाले अर्घाखाँची मा हेर्ने गरेपनि अर्घाखाँची मा डिभिजन भएसरहको सेवा उपभोक्ता ले अर्घाखाँची बाट पाउने गरि सेवा प्रभाह मिलाउन डिभिजन प्रमुख श्रेष्ठ सफल भएका छन अर्घाखाँची रहेका रहेका कर्मचारी हरुले निकै राम्रो गरेको र मुस्कान सहितको सेवा प्रभाहा गरिरहेकाले उपभोक्ता हरु खुसि छन खानेपानी उपभोक्ता ले काम गर्ने र अाफैले पानि खानु पर्ने भएको कारण पनि गुणस्तरीयता मा कमि हुन सयम उपभोक्त ले नदिने गरेको अर्घाखाँची का प्रमुख भरोसले बताउनु हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार