राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २ जनालाई पार्टी बाट निष्कासन

टेकराज भुसाल,
साउन ७ अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (मसाल)को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले आफ्ना दुई जना नेतालाई पार्टी बाट निष्कासन गरेको छ।

पार्टीको हित विपरित कार्य गरेको भन्दै राम बसु र बुद्दी गैरेलाई साधारण सदस्य समेत नरहने गरी जनमोर्चाले पार्टी बाट निष्कासन गरेको हो।

जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सीले बुधवार एक विज्ञप्ती जारी गर्दै राम बसु र बुद्दी गैरेलाई निस्कासन गरिएको उल्लेख गर्नुभएको छ। साथै विज्ञप्तीमा विगतमा राष्ट्रिय जनमौर्चा र जनवर्गिय संगठनमा आवद्ध केहि व्यक्तिले राष्ट्रिय जनमोर्चाको नाममा राष्ट्रिय जागरण अभियान चलाएको हुँदा भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार