प्रधानन्यायधीशलाई बर्खास्त गरी हत्याअभियुक्त डिआइजीलाई पुनः जेल हाल्न स्वतन्त्र नागरिक समूह, नेपालको माग

श्यामलाल पोखरेल
बुटवल, साउन ९ ।
आफ्नै पत्नीको हत्या अभियोग प्रमाणित भएपछि आजीवन कारावासको सजाएका लागि जेलमा रहेका तत्कालिन शसस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई छुट दिंदा अदालतको कामप्रति जनताको विश्वास घटेको छ ।
गत बिहीबार कोइराला जेलमुक्त भएपछि पत्नी हत्यारालाई जेलमुक्त गरिएको भन्दै चौतर्फी बिरोधका आवाजा उठेका छन् । स्वतन्त्र नागरिक समूह नेपालका संयोजक विश्वराज गैह्रेले विज्ञप्ती जारी गरी आफ्नै श्रीमती हत्या गरेका डिआइजीलाई नेपालको कानून अनुसार कारवाही पुरा नगरी जेलमुक्त गर्नु न्यायसंगत नभएको बताउनुभएको छ । सर्बोच्च आदालतको उक्त फैसाला त्रुटी रहेकालाई रञ्जन कोइरालालाई पुनः पक्राउ गरी कारवाहीका लागि जेल हाल्न सरकारसंग माग गर्नुभएको छ, नागरिक समूह नेपालका संयोजक गैह्रेले । कारवाही भोगिरहेको अवस्थामा नेपालको कानुनको धज्जी उडाएर जेलमुक्त गर्नाले न्यायलयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । रञ्जन कोइरालालाई जेलमुक्त गर्ने निर्णय गर्ने प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएर हटाउन स्वतन्त्र नागरिक समूह नेपालका संयोजक विश्वराज गैह्रेको सरकारसंग माग छ । कोइरालाले २०६८ पुस २७ गते आफ्नै पत्नी गीता ढकालको बुढानिलकण्ठमा हत्या गरी शव मकवानपुरको जंगलमा लगेर जलाएका थिए । पत्नी गीता ढकाललाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले कोइरालालाई पक्राउ गरेको थियो । घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वश्वसहित जन्मकैद सुनाएको थियो । जन्मकैद सुनाइएका पूर्व डिआइजी कोइरालालाई पहुंचको आधारमा जघन्य अपराधबाट छुटकारा दिनु न्यायसंगत नभएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार