स्वर्गीय भुसालको मासिक स्मृति दिवशको अवसरमा अनाथ तथा असाह्यहरुसलाई खाना खुवाउने तथा कपडा वितरण

टेकराज भुसाल
साउन ११ रुपन्देही । स्व.टुमकला भुसालको १६अौं मासिक स्मृति दिवशको अवसरमा उहांको संझनामा परिबारको तर्फबाट स्थापना गरिएको स्व• चुरामणि टुमकला भुसाल स्मृति अक्ष्यकोषद्वारा खाना खुवाउने तथा कपडा बितरण गरिएको छ।

सैनामैना नगरपालिकामा अवस्थित श्री सैनामैना मा•बिमा रहेको छ उक्त अक्ष्यकोषको तर्फबाट बुटबल मा संन्चालित मानबसेवा आश्रममा आबाशिय रुपमा बसेका १३६जना अनाथ, असाहय महिला, पुरुष तथा बालबालिकाहरुलाई खाना खुवाउनुका साथै गर्मिमा लगाउन उपयुक्त एक एक जाेर सुतिको कपडा बितरण एक समारोह बिच अक्षयकोषका संरक्षक तथा जेष्ट पुत्र लोकराज भूसाल ले सम्पन्न गर्नुभएको छ।

कार्यक्रमको सुभारम्भ पानसमा दिप प्रज्वलन गरि पुजनिय आमा टुमकला प्रति श्रद्धानजलि प्रकट गर्दै तस्बिरमा टिका र माल्यर्पण गर्दै एक मिनेट मौनधारण सहित सामुहिक प्राथना गरिएको थियो। कार्यक्रंममा सहयोगि हातहरुको योगदान बाट मानवजातिको रक्षा हुने बताउनुहुदै आश्रम व्यवस्थापन गर्दै आउनुभएकि सन्चालिका ले आभार प्रकट गर्नुभएको थियो।
स्व• टुमकला भुसालका जेठा पुत्र तथा अखिल नेपाल ट्रेड युनियन(अन्टुक)का के.अध्यक्ष समेत रहनु भएका लोकराज भुसालले आमाले सिकाउनुभएका देखाउनु भएका प्रेणादायक बाटाहरु र असल बिचार एबं व्यबहारको सधै अनुसरण गर्ने प्रतिबद्धता गर्दै यस प्रकारको कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।
कार्यक्रममा स्व• भुसालका छोरा बुहारि ,छोरी ज्वाइँ, नाति नातिनि, भतिजा तथा आश्रमपरिबारको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार