नेकपा दुर्घटना नजिक देखियो: नेकपा नेता भट्टराई

साउन १३, काठमाडौं ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।

‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।

नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ । बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै इतरसमूहले बैठकलाई निरन्तरता दिएको हो ।

स्रोत: राताे पाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार