लुम्बिनी सीटी अस्पतालमा यसरी हुन्छ बिरामीको खरिद बिक्रि

एस सुवेदी

केही वर्ष पहिले लुम्बिनी मेडिकल कलेजले सञ्चाल गरेको लुम्बिनी सीटी अस्पताल बुटवलस्थित अस्पताल रोडबाट पुर्वपट्टीको भित्री भागमा छ । त्यतिबेला यो अस्पतालको सम्पुर्ण व्यवस्थापन पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेजले हेर्ने गर्दथ्यो ।

जतिबेलासम्म मेडिकल कलेजको स्वामित्वमा अस्पताल चलेको थियो त्यतिबेलासम्म यो हरेक हिसाबले राम्रो थियो । बुटवलका आमनागरिक पनि अस्पतालले दिने सेवा÷सुबिधाबाट खुसी देखिन्थे । तर जब लुम्बिनी मेडिकल कलेजले लुम्बिनी सिटी अस्पताल छाड्यो तब उक्त अस्पताल नाफाखोर र दलालको हातमा पुग्यो । बुटवल अहिले ‘मेडिकल हव’ बन्ने प्रयासमा छ । बुटवलमा जतिजति स्वास्थ्य सुबिधाहरु थपिँदै छन् त्यति नै बिकृतीहरु पनि मौलाउँदै गएको यहाँका नागरिकहरु बताउँछन् ।

मेडिकल माफियाहरुको अस्वस्थ प्रतिस्पर्धाले गर्दा बुटवलमा बिरामी र एम्बुलेन्स ड्राइभर किनबेच हुने गरेको तथ्य फेला परेको छ । बुटवलस्थित लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदिप राजसिंह र सोही अस्पतालमा फार्मेसी र बुटवलमा एभरेष्ट सर्जिकल र मेडिसिनको होलसेल सञ्चालन गर्ने बसन्त जिसी बिरामी र एम्बुलेन्स ड्राइभर किनबेचमा लागेको तथ्य समयबद्धले फेला पारेको छ । उनीहरुले नेपाल रेडक्रसको एम्बुलेन्स चालक कृष्ण सहनीलाई लुम्बिनी सिटी अस्पतालबाट मासिक ४५ हजार रुपैयाँ तलब पाउनेगरी मौखिक सहमति गरेर बिरामी ल्याउने ठेक्का दिए छन् । लुम्बिनी सिटीमा कार्यरत कर्मचारीका अनुसार सो अस्पतालले अर्का एम्बुलेन्स चालक प्युठानका सुशील केसीलाई मासिक २० हजार रुपैयाँमा बिरामी ल्याउने ठेक्का दिएका छन् । केसी केही समय पहिलासम्म प्युठान जिल्ला अस्पतालको एम्बुलेन्स चलाउँथे भने हाल नेपाल–भारत सहयोग संघ लेखेको एम्बुलेन्स चलाउँछन् ।

मासिक तलब बाहेक यी चालकहरुले लम्बिनी सिटी अस्पतालका डाक्टर सुदिपराज सिंहबाट प्रत्येक बिरामीको अप्रेसन गरेबापत कुल उठेको रकमको १५ प्रतिशत कमिसन र फार्मेसीबाट कुल बिल रकमको पाँच प्रतिशत कमिससमेत लिने गरेको तथ्य फेला परेको छ ।

यति मात्रै होइन, मासिक तलब बाहेक यी चालकहरुले लम्बिनी सिटी अस्पतालका डाक्टर सुदिपराज सिंहबाट प्रत्येक बिरामीको अप्रेसन गरेबापत कुल उठेको रकमको १५ प्रतिशत कमिसन र फार्मेसीबाट कुल बिल रकमको पाँच प्रतिशत कमिससमेत लिने गरेको तथ्य फेला परेको छ । समाचार श्रोतका अनुसार बिरामी ल्याएबापत राम्रो कमिसन पाउने भएपछि अन्य एम्बुलेन्स चालकहरुको रोजाइको अस्पताल पनि लुम्बिनी सिटी नै हो । सोही अस्पतालमा कार्यरत एक डाक्टरका अनुसार एम्बुलेन्स चालकहरु बिरामीलाई एम्बुलेन्समा राखेपछि सर्वप्रथम लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदिपराज सिंहलाई सोझै फोन गरेर ‘बार्गेनिङ’ गर्छन् । डाक्टरसँग कमिसनमा ‘सेटिङ’ मिलेपछि फार्मेसीका बसन्त जिसीसँग कुरा मिलाउँछन र लुम्बिनी सिटी अस्पतालमा ल्याएर बिरामी बेच्छन ।

अस्पताल प्रसाशन, डाक्टर सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जिसीको बिरामी किनबेचको अबस्था टुलुटुलु हेर्नुपर्दा आफु यो पेशामा लागेर गल्ती महशुस भएको सोही अस्पतालमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नरिदिने शर्तमा समयबद्धलाई बताए । लुम्बिनी सिटी अस्पतालमा बिरामी किन्ने मात्रै होइन बेच्ने समेत गरिएको एक स्टाफ नर्सले बताइन् । आफ्नो नाम गोप्य नराखिदिए जागिर नै जाने भन्दै उनी समयबद्ध प्रतिनिधिसँग भन्छिन्, ‘लुम्बिनी सिटी अस्पतालमा उपचार नैं हुन नसक्ने बिरामी पनि पहिला सेटिङमा याहाँ ल्याइन्छ, बिरामीसँग भएको पैसा यहिँ लुटिन्छ अनि बुटवलमै उपचार गर्ने राम्रो ठाउँ हुँदाहँदै पनि कमिसन पाउने शर्तमा बिरामी भरतपुर रिफर गरिन्छ ।’ उनी भन्छिन्,‘ यतिले मात्र नपुगेर भरतपुर पु¥याइएको बिरामीसँग उहीँ पुगेर महिनाको एक पटक उक्त हस्पिटलमार्फत फेरि कमिसन लिने काम हुन्छ ।’ यो सबै व्यवस्था डाक्टर सिंहको निर्देशनमा फार्मेसी सञ्चालक बसन्त जिसीले गर्दै आएको श्रोतको बताउँछ । समयबद्धले डाक्टर सुदिपराज सिंहसँग सम्पर्क गरि यस बिषयमा जिज्ञाशा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

को हुन् डाक्टर सुदिपराज सिंह ?

डाक्टर सुदिपराज सिंह बुटवलको लुम्बिनी सिटी अस्पतालमा कार्यरत न्यूरो सर्जन हुन् । उनले बङ्गलादेको बङ्गबन्दु विश्वविद्यालयबाट न्युरो सर्जरीमा मास्टर्स गरेको बताइन्छ । बङ्गलादेशबाट फर्केपछि लामो समयसम्म काम नपाएपछि धेरै नेताको चाकरी चाप्लुरी गर्दै झापाका दुर्गा प्रसाईंले सञ्चालन गरेको प्रस्तावित बिएमसी मेडिकल कलेजमा काम गर्न पुगेका थिए । तर न्यूरो सर्जरी जस्तो जटिल सर्जरी सफलतापुर्वक गर्न नसक्ने र कार्यक्षमता नभएको तथा प्रयाप्त सीप नभएको थाहा पाएपछि चार बर्ष अघि त्याहाँको व्यवस्थापनले सिंहलाई बर्खास्त गरेको हो ।
पढाइ सकेपछि सिनियर प्रोफेसरसँग लामो समय सँगै काम गर्नु पर्ने भए पनि सिंहको बानि ब्यहोराले गर्दा कुनै पनि सिनियर न्यूरो सर्जनले उनलाई टिममा राखेर काम गर्न चाहेनन् । त्यसपछि कामको खोजिमा उनी हानिदै बुटवल पुगेका हुन् । अस्पताल प्रशासनमा काम गर्ने एक जना कर्मचारीका अनुसार अस्पताल प्रशासनले डाक्टर सिंहलाई बारबार यस्ता गतिविधि नगर्न चेतावनी दिँदा पनि अटेर गर्दै आएकाले अब पनि नसुध्रिएको खण्डमा कार्वाही गर्ने सोचमा प्रशासन रहेको बताए ।

को हुन बसन्त जिसी ?

फार्मेसी मै कार्यरत एक कर्मचारीका अनुसार बसन्त जिसीको स्थाई घर प्युठान हो । चार÷पाँच बर्ष अघिसम्म उनलाई जीवन धान्नै कठिन थियो । हाल उनी बुटवलमा करोडौँ सम्पत्तिको हिसाबमा गनिन्छन् । उनी रातारात कसरी करोडौँको मालिक बने भनेर पनि हामीले पत्ता लगाउने कोसिस गरेका छौँ । बसन्त जिसीको लुम्बिनी सिटी अस्पतालमा फार्मेसी छ । अस्पतालमा आफ्नो फार्मेसी भएका कारण उनले आफुलाई थोक मुल्यमा सामान नदिए सामान नबेच्ने भन्दै व्यवसायीहरुलाई धम्क्याउन थाले ।

व्यवसायीहरु हच्किएपछि करिव तीन बर्ष अघि उनले होलसेल फर्म खोले । उनले आफ्नो रिटेल काउन्टरमा आफ्नै होलसेलबाट मनोमानी मूल्यमा सामान पठाउन थाले । बसन्तले यतिसम्म गरेकी आफ्नो खुद्रा काउन्टरबाट बिरामीलाई सामान नै नदिई बिल मात्रै दिन थाल । ओटी र आइसियुमा रहेका बिरामीको लागि फार्मेसीले नै दवाई लगिदिने बहानामा उनी दवाई होइन कि बिल मात्रै लगिदिन्थे । यसमा सहयोग गर्दथे डाक्टर सुदिपराज सिंह ।

टेण्डरको समान खुद्रामा बिक्री

हाम्रा बुटवल प्रतिनिधिले फेलापारेको तथ्य र बुटवलमा सर्जिकल र मेडिसिन व्यवसायीका अनुसार बसन्त जिसीले सञ्चालन गरेको फर्मले पाल्पा, अर्घाखाँची, प्युठान लगायत अधिकाँश ठाउँका अस्पतालहरुमा सर्जिकल र मेडिसिनको टेण्डर हाल्छ । कम्पनीको इज्जत बचाउन टेण्डरको लागि कम्पनीहरुले बजार मूल्य भन्दा ६० प्रतिशत कम मूल्यमा टेण्डरका लागि रेट दिएका हुन्छन् ।

बसन्तले टेण्डरको बहानामा उक्त सामानहरु टेण्डरको लागि चाहिने भन्दा बिसौँ गुणा बढि सामाग्री कम्पनीबाट मगाई आफ्नो होलसेल र खुद्रा काउण्टरबाट बेच्ने गरेका छन् । कानूनतः यो बर्जित हुन्छ । स्थानीय व्यवसायी र उत्पादक कम्पनीले यसो नगर्न बारम्बार अनुरोध गर्दा उल्टै नराम्रो परिणाम बेहोर्नु पर्ला भनेर धम्क्याउने गर्दछन् । साथै उनले डाक्टर सिंह र अस्पतालको प्रत्येक अपरेसन चार्जबाट राम्रो रकम लिने गरेका छन् । यति मात्रै नभएर उनले आफ्नो होलसेल र खुद्रा काउन्टरमा मगाएका सामानहरुको पैसा पनि बर्सौँदेखि तिरेका छैनन् । समयबद्ध साप्ताहिकबाट

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार