कर्मचारीलाई विमाको १० लाख प्रदान

श्यामलाल पोखरेल
बुटवल, साउन १३ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक)ले कर्मचारीको परिवारलाई दुर्घटना बिमाको १० लाख रुपैयां प्रदान गरेको छ । समितिमा कार्यरत चौकी इन्चार्ज गणेश अधिकारीको गतवर्ष असोज १७ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।कार्यालयको काममा हिंडेको अवस्थामा बुटवलको ढवाहमा दुर्घटना हुंदा मृत्यु भएका अधिकारको परिवारलाई बिमा वापतको १० लाख उपलब्ध गराइएको हो । नेको इन्सोरेन्समा गरिएको बीमा रकम आएपछि मृतक अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलबार समितिका अध्यक्ष यमप्रसाद पाण्डेले चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख अधिकारीको परिवारलाई प्रदान गरिएको थियो । समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, महासचिव जितबहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्लीनारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारीलगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा बिमा रकम प्रदान गरिएको हो । कर्मचारीहरुको हितमा समिति बनाइदिएको विमा कारण समितिमा कार्यरत धेरै कर्मचारीले राहत पाएको महासचिव जीतबहादुर भाटले बताउनुभयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार