विप्लव नेतृत्व नेकपाका हजार बढी नेता,कार्यकर्ता गिरफ्तार

श्यामलाल पोखरेल
बुटवल, साउन १६ ।
विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता गरी सरकारले १ हजार बढीलाई गिरफ्तार गरेको छ । सोही पार्टीका उच्च तहका नेता हेमन्तप्रकाश ओलीसहित एक हजार बढी नेता कार्यकर्तालाई देशको विभिन्न ठाउंबाट गिरफ्तार गरिएको सोही पार्टीका एक नेताले जानकारी गराउनुभएको छ । सरकारद्वारा प्रतिवन्दित नेकपाका केन्द्रिय सदस्य रणवीर, साहित्यकार तथा कलाकारसमेत रहेका केन्द्रिय सदस्य माइला लामा, केन्द्रिय सदस्य नै रहनुभएका ओमप्रकाश पुनसहितका नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको छ । सरकारद्वारा प्रतिवन्दित सोही पार्टीका १० जना बढी कार्यकर्ता शुक्रबार बुटवलबाट गिरफ्तारमा परेका छन् । सोही पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रिय सदस्य संगम पुनसहित १० बढी कार्यकर्ता रुपन्देहीको बुटवलस्थित रानगञ्जबाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही ईन्चार्ज तथा केन्द्रिय सदस्य संगम पुन सहित १० जनालाई पक्राउ गरेको जानकारी गराएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ताले बुटवलमा प्रतिबन्धित गतिविधि गरेकाले पक्राउ गरिएको बताउनुभयो । पक्राउ गरिएका रुपन्देही इन्चार्ज सहितका सबैकोबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । बुटवलको रानीगञ्जमा सुकुम्वासी समस्याबारे छलफल भैरहेको अवस्थामा प्रहरीले शुक्रबार दिउंसो साढे तीन बजेतिर सादा पोशाकका प्रहरीले अमानीय ढंगले पक्राउ गरेको सोही पार्टीका एक नेताले जानकारी गराउनुभएको छ । सुकुम्वासीको पक्षमा आवाज उठाउंदा पनि दिनदाहाडै गिरफ्तार गरेर सरकारले सामान्य मानव अधिकारकोसमेत उलंघन गरेको सोही पार्टीका नेताहरुको भनाइ छ । देशमा कम्युनिष्टको सरकार भएको अवस्थामा पनि कम्युनिष्ट सरकारका प्रहरीद्वारा कम्युनिष्टका नेता कार्यकर्ता पक्राउ गर्ने कार्यले विश्वजगतमा ओली सरकारको नकरात्मक सन्देश गएको एक नेताले नाम नबताउने सर्तमा बताउनुभयो । गिरफ्ता गरिएका नेता तथा कार्यकर्ता विनासर्त तत्काल रिहा गर्न सरकारलाई आग्रह गर्दै उहांले भन्नुभयो यदी सरकारले हाम्रो मागलाई व्ववास्था गरे ओली सरकारका बिरुद्व जनताको साथ लिइने छ । आफुलाई लोकतान्त्रिक गणतन्त्र भन्ने ओली नेतृत्वको सरकारले आफैले भन्दै आएको लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको नेकपाका नेताहरुको भनाइ छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार