
बसन्त श्रेष्ठ ,
साउन १७ सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन । उनीहरू जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना भेटिएका थिए।
जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।
प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाल लगायतकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।