संयुक्त ५ राजनीति दलले चुलाचुली ४ मा बुझाए ज्ञापन पत्र

साउन १८ इलाम। इलाम जिल्ला चुलाचुली गा.पा. वार्ड नं-४ मा राष्ट्रिय जनमोर्चा सहित ५ राजनैतिक दलले संयुक्त रूपमा ज्ञापन पत्र वार्ड अध्यक्ष कालिदास भट्टराईलाई बुझाएका छन्।

बिगतमा हुने गरेको वार्ड नं-४मा बिकास निर्माणको कार्य सम्बन्धी सूचना जारी नगरेको साथै अन्य कार्यहरुमा पनि केहि लचिलोपन रहेको भन्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउने क्रममा राष्ट्रिय जनमोर्चा सहित ५राजनैतिक दलका स्थानीय नेताहरुले असन्तुष्टि तथा कमजोरीहरु ब्यक्त गरेका थिए।
राष्ट्रिय जनमोर्चाका तर्फ बाट हर्क बहादुर लावती , नेपाली कांग्रेसको तर्फबाट मैत ब. तामाङ्ग ,त्यसै गरी जनता समाजबादी पार्टीबाट भानु राई, संघीय लिम्बुवान पार्टी बाट अमृत राइ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुल ब.आङ्थुपोले कमजोरी तथा असन्तुष्टि ब्यक्त गर्नु भएको हो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार