अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति लुम्बिनी सामूदायिक टेलिभिजनको ध्यानकर्षण

साउन १९ बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि आज अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति लुम्बिनी सामूदायिक टेलिभिजनको ध्यानकर्षण भएको छ ।
टेलिभिजनका अध्यक्ष एजाज आलमले सोमबार विज्ञप्ती जारीगरी टेलिभिजनका महासचिव दिनेश पाण्डे र समाचार प्रमुख भगवती पाण्डेमााथि भएको दुव्र्यवहारप्रति घोर भ्रत्र्सना गर्नुभएको छ ।
अध्यक्ष एजाज आलमद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खान तलासीको भिडियो तथा तस्तीर लिनेक्रममा राज्यको जिम्मेवार निकायका प्रहरीले पत्रकारहरुमाथि गरेको व्यवहार आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले पत्रकारमाथि गरेको यस्तो व्यवहारले राम्रो सन्देश नदिने बताउँदै घटनाका आरोपितलाई तत्काल कारबाही अगाडि बढाउन अध्यक्ष आलमले विज्ञप्तीमार्फत माग गर्नुभएको छ ।
समाचारका लागि पत्रकारहरुले फोटा खिच्दा र भिडियो कैद गर्दा क्यामरा र मोवाइल खोस्ने कार्य स्वतन्त्र पे्रसमाथि ठाडो हमाला भएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ । गल्तीलाई आत्मलोचना गरेर स्वतन्त्र प्रेसको सम्मान गर्न विज्ञप्तीमार्फत अध्यक्ष आलमले आग्रहगर्नुभएको छ ।

घटना विवरणअनुसार सोमबार रुपन्देहीको सालझण्डीस्थित राजमार्गमासरकारी गाडी खानतलासी गरिरहेको अवस्थामा पत्रकारद्वयले भिडियो तथा तस्बीर लिइरहेको समयमा अख्तियारमा जिम्मेवारी रहेका प्रहरी निरीक्षक रोशन पाण्डेले क्यामरा तथा मोबाइल खोसेर नियन्त्रणमा लिने कार्य गलत भएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार