नेकपाका पुराना नेता खनाललाई पत्नी शोक

माधव खनाल
२२साउन अर्घाखाँची
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १ ओखटे निवासी नेपाल कम्युनिस्ट पार्टी नेकपाका पुराना (पाका) नेता तथा बाल शिक्षा माध्यमिक विधालयका पुर्व शिक्षक गिरिराज खनाललाई पत्नी शोक परेको छ केही वर्ष देखि घाटिको क्यान्सर बाट ग्रसित खनालकी श्रीमति टीका खनालको श्रावण २२ गते बिहान ११ बजे अफ्नै निवासमा ६६ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय खनालको आजै स्थानीय ददेरी खोलामा अन्तेष्टी गरिएको छ । अन्त्यष्टी गरिनु भन्दा पहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरपालिका वडा न १ वडाकमिटिको आयोजनामा श्रद्धाञ्जली तथा उहाँको पार्थिक सरिरमा पार्टिको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ श्रद्धाञ्जली कार्यक्रममा शोक मन्तव्य राख्दै नेकपा नेता तथा एकीकृत अखिल नेपाल शिक्षक संघठना केन्द्रिय सदस्य शुवासचन्द्र बन्जाडेले खनालको निधनप्रति आफ्नो पार्टी अत्यन्तै मर्माहित तथा दुखित भएको बताउदै स्वर्गीय खनालले देखाएको बाटोमा हिडे मात्रै उहाँको आत्मले सान्तिपाउने बताउनुभयो यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेकपा प्रदेश कमिटी सल्लाहकार कासिराम गमाल नेकपा भुमिकास्थान नगर सदस्य विष्णु खनाल नेकपा भुमिकास्थान १ का अध्यक्ष बाबुराम खनाल लगायतको उपस्थिती रहेको थियो भने श्रद्धाञ्जली कार्यक्रमको सन्चालन चेतबहादुर थापाले गर्नुभएको थियो ।स्वर्गीय टीका खनालका ३ छोरा तीन छोरी दुई बुहारी र नातिनातिना हुनुहुन्छ तीन छोरा मध्ये कान्छा छोरा ऋषिराम खनाललाई २०६१सालमा तत्कालीन सरकारको निर्देशनमा नेपाली सेनाले भारतको दिल्लिबाट नेपाल फर्कने क्रममा नियन्त्रणमा लिइ बर्दियामा निर्मम तरिकाले हत्या गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार