जेष्ठ नागरिकको सल्लाह सुझावले काम गर्नुपर्छ : नगरप्रमुख भुसाल

सुर्य भुसाल
असोज १५ सुपादेउराली अनलाइन अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची का प्रमुख कमल प्रसाद भुसालले जेष्ठ नागरिक हरुलाई सम्मान गर्न पाउँदा अाफुहरु निकै हर्षित बनेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिबसको अबसरमा सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखाले अायोजना गरेको ९२ बर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले जेष्ठ नागरिकहरुको राम्रोसँग पालन पोषण गर्न सबैलाई अाग्रह गर्नु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार किकले जेष्ठ नागरिकहरु बाट अाफुहरुले ज्ञानगुनका कुरा सिकेर उहाहरु बाट सुझाब सल्लाह लिएर अाफुहरु अगाडि बढिरहेको बताउदै अागामि दिनमा जेष्ठ नागरिकहरु लाई फाईदा पुग्ने खालका नया योजनाहरु अगाडि सारिने बताउनु भयो । बिकले सबै नगरबासिहरुको चाहाना नगरपालिका लाई राम्रो हराभरा सम्बृर्द बनाउने रहेकाले बिकास निर्माणका कामहरु मा सहयोग गर्न नगरवासिलाई अाग्रह गर्नु भयो ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले सरल सरकार सहज सेवा सुशासन पार्दर्सिता कायम गरेर नगरपालिका ले बिकास निर्माणका कामहरु देखि सबै कामहरुलाई दुर्त गतिमा अगाडि बढाईरहेको बताउनु भयो । साप्कोटाले नगरवासिले महसुस गर्ने गरि सेवा प्रदान गर्न अाफुले कर्मचारी लाई निर्देसन दिएको बताउदै अनियमितता ढिला सुस्ति कहि कतै भएको देखेमा त्यसको खबरदारि सबैले गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा शाखा अधिकृत मन्जु खनाल वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी नगरसभा सदस्य सुमित्रा कुमाल महिला बालबालिका शाखाका प्रमुख बेलकुमारि परियार को उपस्थिति मा नगरपालिका भित्र रहेका ९२ बर्ष माथिका जेष्ठ नागरिकहरु लाई दोसल्ला अोढाई बलाङकेट दिएर सम्मान गरिएको थियोे कार्यक्रम नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्ष ता नगरप्रमुख कमल भुसालको प्रमुख अतिथ्यता पुस्पा भुसालको सन्चालन मन्जु खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे । उता सन्धिखर्क नगरपालिका अर्घाखाँची भित्र रहेका विभिन्न बिधालयका प्रअहरुलाई नगरपालिका को शिक्षा शाखाले बिधालयका लागि थर्मल गन र नेपाल को नक्सा हस्तान्तरण गरेको छ । नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड नम्बर १ र वार्ड नम्बर २ का अध्यक्ष युवराज बन्जाडे मोतिजङ रायमाझी को उपस्थिति मा बिधालयका प्रअ अरुलाई थर्मल गन नगरप्रमुख र उपप्रमुखले हस्तान्तरण गर्नु भएको थियोे कार्यक्रम शिक्षा उपसचिव युगल नारायण बसेल को सन्चालनमा सम्पन्न भएको थियोे ।त्यस्तै सन्धिखर्क नगरपालिका को कृर्षि शाखाले ५०% अनुदानमा कृर्षक हरुलाई विभिन्न जातको बिउहरु उपलब्ध गराएको छ । कृर्षि शाखा प्रमुख राजेन्द्र भट्टराई को सन्चालनमा भएको कार्यक्रम मा कृर्षकहरुलाई नगरप्रमुख कमल भुसाल उपप्रमुख ठाकुर बिकले किषान हरुलाई बीउ हस्तान्तरण गर्नु भएको थियोे ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार