मल्लरानी गाउँपालिकाले वाड स्तरमा अपाङ्गता परिचयपत्र वितरण गर्ने

जुमान सिंह के सि,
सुपादेउराली अनलाइन प्युठान
मल्लरानी गाउँपालिका प्युठानमा स्थानीय अपाङ्गता परिचयपत्र वितरण समन्वय स्समितिको बैठक समितिका संयोजक तथा पालिका उपाध्यक्ष सरिता जि सि को अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकले पालिकामा अपाङ्गता परिचयपत्रको लागि पर्न आएका निवेदन माथी छ्लफल गरि वर्गीकरण अनुसार परिचयपत्र दिने निर्णय गरेको छ।बैठकमा कोभिड १९ को कारण अपाङ्गता लगाएतका बर्ग धेरै जोखिममा परेको र पर्न सक्ने भएकोले सबैको विशेष ध्यान दिनु पर्ने संयोजक सरिता जि सि ले बताउनु भयो।अपाङता भएका ब्यक्तिको लागि बनेको अपाङता परिचयपत्र वितरण कार्यबिधी २०७५ अनुसार अपाङ्गता परिचयपत्र स्थानीय तह मार्फत वितरण गरिने भएको छ। साथै बैठकले मल्लरानि गाउँपालिकाका सबै वाडाहरुमा अपाङ्गता भएका ब्यक्तिहरुका सहजताका लागि घुम्ती शिविर संचालन गर्ने निर्णय भएको छ।स्थानीय रेडियो मार्फत प्रचारप्रसार गरिने साथै वडामा समन्वय गरि ०७७ साल पौष महिना भित्र गाउँमै सेवा प्रदान गरिने प्रमुख प्रसाकिय अधिकृत बालकृष्ण थापाले बताउनु भयो।अपाङ्गताको अबस्था अनुसार पुर्ण अशक्त, अति अशक्त , मध्यम र सामन्य अपाङ्गता गरि चार भागमा वर्गीकरण गरिएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार