शासकहरु निद्रामा छन (कविता)

श्याम चुदाली

शासकहरु निद्रामा छन

उनिहरु जो छन

निद्रामै जन्मन्छन

निद्रामै हुर्कन्छन र निद्रामै मर्दछन ।

बाहिरि दुनिया

तिरमिराउदो धरमराउदो र

धमिलो मात्रै देख्दछन ।

स्पष्ट देख्नु छैन उनिहरुलाइ

त्यो आवस्यकता पनि होइन

किनकि

सासन शक्ति र सम्पन्नता

उनिहरुकै हातमा छ ।

नदेखिएको वाहाना गर्नु छ ।

मिरमिरे तिरै दगुर्नु छ ।

रातपरेपछि फर्कनु छ ।

किनकि

आँखा प्रस्ट खोल्यो भने

फेरि असुभ बस्तु देखिन सक्छन ।

गरिबको झुपडि

मजदुरहरुको रगत र पसिना

किसानको हलो र जुवा

आमाहरुको फाटेको गुन्यु र मजेत्रों

बाउहरुको मैलिएको दौरासुरुवाल

बालबच्चाहरुको भोटो र जाँगे

चेलिहरुको बलात्कृत आँसु

भोका पेटहरुको रोदन र

असक्तहरुको चिच्याहट ।

उनिहरुको निमित्त ति

साइत बिगार्ने अलक्षिन बस्तुहरु हुन ।

न कुनै भौतिक आँखा छ उनिहरुको

न कुनै दिव्य आँखा,

केबल बेतुकको सान

फोकटको अभिमान

एयरपोर्ट छिर्नु परे

खालि गराउछन उनिहरु

 

किनकि,

त्याहा देखिन सक्छन

बेरोजगारिले थलिएका लामबद्ध युवाहरु

बिदाइमा छटपट्याउने आफन्तहरु

लास राखिएका बाकसहरु

घाइते भइ फर्किएका मजदुरहरु

जेल बसेर आएका

मलिन अनुहारहरु

ति उनिहरुका निमित्त

घृणित बस्तुहरु हुन ।

बरु भेट्नु छ उनिहरुलाइ

पाँचतारे होटल तिर

बिदेसि मालिकहरु

दलाल र भ्रष्टहरु

तस्करका नाइकेहरु

गुण्डा र डनहरु

तिनिहरु

उनिहरुका जन्मदाता र अन्नदाता हुन ।

ईश्वर हुन, परमेश्वर हुन

भाग्यविधाता हुन ।

किनकि तिनिहरु बिना उनिहरु

लाग्छ, भोकै मर्दछन

बिपतमा पर्दछन

सक्ति बाट झर्दछन

सासन बाट गिर्दछन ।

कोहि मरोस या बाँचोस

चेलिहरुको इज्जत लुटियोस

कोहि भोकै सुतोस या उठोस

बिदेसिले सिमा मिचोस

नागरिकले देस छोडोस

मतलब छैन कसैलाइ

किनकि

शासकहरु निद्रामा छन ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार