३० ओैं जनयुद्ध दिवसकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम ढाकावाङ्गमा सम्पन्न

टेकराज भुसाल,
अर्घाखाँची ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गकाे संयुक्त आयोजनामा ३० औँ जनयुद्ध दिवस मनाएको छ । दिवसका अवसरमा पाटीले शुभकामना आदान प्रदान तथा सहिद परिवारलाई सम्मान गरि दिवस मनाएको हो।

माओवादी केन्द्र भूमिकास्थान- २ का अध्यक्ष खुविराम बन्जाडेकाे अध्यक्षता एवम् पाटी भूमिकास्थान नगरकमिटी उपाध्यक्ष शिवबहादुर आचार्य र युवा नेता बाबुराम खनालको विशेष उपस्थितिमा कार्यक्रम भएको हो।

उहाँहरुले शहिदहरुको बलिदानी र त्याग तपस्यालाई भुल्न नहुने बताउनु भएको थिए ।

कार्यक्रममा माओवादी केन्द्र भूमिकास्थान १ का अध्यक्ष ठाकुर भुसाल, सचिव अमृता भुसाल(चुदाली) भूमिकास्थान-२ का सचिव ठगबहादुर बिक लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार