बिद्यार्थीहरुलाई वर्गीकरण गरेर मात्र अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ: अखिल (छैठौं)

टेकराज भुसाल
१८ बैशाख, नेपालका विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालनको तयारी गरिरहेको समयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) ले बिद्यार्थीहरुलाई वर्गीकरण गरेर मात्र इन्टरनेट, टीभी र रेडियोको पहुँचका आधारमा अनलाइन
कक्षाहरु सञ्चालन गर्नुपर्ने र इन्टरनेट टीभी र रेडियोको पहुँच नपुग्ने विद्यार्थीको लागि विश्वविद्यालय र क्याम्पसहरु खुलेपछि बैग्लै र बिशेष कक्षाहरु सञ्चालन गर्ने नेपालका बिश्वबिद्धालयहरु लाई ध्यानाकर्षण गराएको छ।

  1. बिहीबार युनियनका अध्यक्ष बिमल पोख्रेलद्वारा हस्ताक्षर गरिएको अनलाइन कक्षा सम्बन्धि धारणा यस्तो छ।

१. विद्यार्थीहरुलाई प्रविधिसँग अभ्यस्त र प्रतिस्पर्धी बनाउन अनलाइन कक्षा अत्यावश्यक भइसकेको छ। त्यसका लागि पूर्वाधार निर्माण हुनुपर्दछ । पूर्वाधार निर्माणमा पर्याप्त पहल नगरी विश्वविद्यालयहरुले प्रचारलाई
अतिरञ्जित गरिरहेका छन् ।
२. प्राध्यापकहरुलाईं तालिम प्राप्त र अभ्यस्त बनाउने काम सबैभन्दा महत्वपूर्ण छ । क्षमता अभिवृद्धिको लागि विश्वविद्यालयहरुले आवश्यक तालिम र प्रविधि उपलब्ध गराउनुपर्दछ। विश्वविद्यालयले त्यसमा पर्यांप्त ध्यान दिन सकेका छैनन् । विद्यालय तहमा पनि परीक्षणको रुपमा अनलाइन कक्षा सुरु गर्न सकिन्छ ।
३. विद्यार्थीहरुलाई वर्गीकरण गरिनुपर्दछ । क. इन्टरनेटको पहुँच, ख. टीभी र रेडियोको पहुँचका आधारमा कक्षाहरु सञ्चालन गरिनुपर्दछ । इन्टरनेट टीभी र रेडियोको पहुँच नपुग्ने विद्यार्थीको लागि विश्वविद्यालय र क्याम्पसहरु खुलेपछि बैग्लै र बिशेष कक्षाहरु सञ्चालन गरिनुपर्दछ।
४. अहिले इन्टरनेट कक्षा सञ्चालन गरिएफपछि इन्टरनेटको पहुँच नहुने विद्यार्थीमाथि विभेद हुने खतरा पनि त्यक्तिकै छ । विभेद हुने खतराप्रति सचेत रहन सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्दछौं । विद्यार्थीलाई कुनै पनि विभेद नगर्न, विभेदयुक्त वातावरण निर्माण नगर्न सरकार र विश्वविद्यालयलाई चेतावनी दिन चाहन्छौं ।
५. नेपालमा इन्टरनेट धेरै महंगो भएको हुनाले विश्वविद्यालयको छात्रवृत्ति वा शुल्कमा समायोजन हुने गरी विशेष सहुलियतमा डाटा उपलब्ध गराइदिनुपर्दछ ।
६. विश्वविद्यालयहरुलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीको सिकाइमा फड्को मारनको लागि यो विशेष अवसर हुन सक्छ । त्यस कार्यमा पर्याप्त लगानी, तालिम र विद्यार्थी सहुलियत महत्वपूर्ण पक्षहरुहुन् । त्यस दिशामा सरकार र विश्वविद्यालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छौ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार