
अर्घाखाँची । शक्तिशाली कम्युनिष्ट भन्न रुचाउने नेतृत्वमा देखिएको व्यबहारिक विचलनले गर्दा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको राष्ट्रिय जनमोर्चाका नेताहरुले आरोप लगाएका छन् ।
“बोल्ने एउटा गर्ने अर्को“निति र सिद्धान्तको बेवास्ता गरि जनता झुक्याउने प्रवृती बढ्दै गएको छ“ नेताहरुले भने, जसका कारण कम्युनिस्टकै बदनाम भएको छ ।“
राजमो केन्द्रिय सदस्य सागर के.सी.को जीवन संगिनी तुलसा के.सी.को ११ औं दिनको स्मृतिमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा आयोजित शोक सभामा बोल्ने नेताहरूले यस्तो बताएका हुन् ।
राजमोका नेता,कार्यकर्ता र शुभचिन्तकहरिको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.ले तुलसा के.सी.को तस्बिरमा माल्यार्पण गरि सम्मान व्यक्त गर्नुभएको थियो ।
त्यस पश्चात् मन्तव्य राख्दै नेता वि.सी.ले तुलसा के.सी. एक शाहसी र सादगी महिला नेतृ भएकोले उहाँको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । पार्टी कार्यक्रम र कम्युनिस्ट आन्दोलनलाई अमुल्य योगदान दिएको ब्रीफिङ्ग गर्दै नेता वि.सी.ले तुलसाका सकारात्मक व्यबहारलाई सबैले अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले तुलसाको भौतिक शरीर गुमेपनी उहाँको साम्यवादी सोच र क्रान्तिकारी व्यबहारको स्मरण भैरहने बताउनुभएको छ ।शोकसभामा अनेम संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल र नेकपा मसाल जिल्ला प्रवक्ता पशुपति ढकालले मन्तव्य राख्दै मानिसको ओझिलो र सामान्य गरि दुई थरी मृत्यु हुने भन्दै तुलसाको निधनले सबैलाई स्तब्ध पारेको बताउनुभएको छ ।
राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता र अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रिय सदस्य तथा तुलसाका पति सागर के.सी.र राजमोका क्रियाशिल सदस्य तथा तुलसाका छोरा जागृत के.सी.ले आफुहरुको दुःखमा समवेदना र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
बाथ तथा मुटुरोगले समस्यामा पर्नुभएकी तुलसा के.सी.को शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ६४ बर्षको उमेरमा साउन ९ गते निधन भएको हो ।