मसाल महामन्त्री सिंहको ‘साहित्य समालोचना र सौन्दर्य’ बजारमा

असार ११ काठमाडौं । 

नेकपा (मसाल) का महामन्त्री एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहले लेख्नुभएको ‘साहित्य समालोचना र सौन्दर्य’ नामक पुस्तक बजारमा आएको छ । पुस्तकमा सिंहद्वारा लिखित ११ वटा समीक्षात्मक लेख रचनाहरु समाविष्ट छन्।

पुस्तकको प्रकाशन जनमत प्रकाशन नेपालले गरेको हो । प्रकाशन संस्था जनमतका सहयात्री मोहन दुवालका अनुसार करिव ५० वर्षअघि जेलभित्र लेखिएका लेखहरु पनि यस ग्रन्थमा समावेश गरिएको छ ।

३७५ पृष्ठ संख्या रहेको पुस्तकको मूल्य रु ७५० तोकिएको छ । काठमाडौं कपनस्थित युगज्योति प्रकाशन प्रालि प्रमुख वितरक रहेको यस पुस्तक प्राप्तिका लागि प्रालिले मधु क्षेत्री (९८४९४६३५०८) र दुर्गा पौडेल (९८५११९८८१०) सँग सम्पर्क गर्न आग्रह गरेको छ ।

‘यो पुस्तक एकपल्ट सबैले अध्ययन गर्नुपर्ने साहित्यिक सामग्री हो’ भन्दै जनमतका सहयात्री दुवालले लेख्नुभएको छ, ‘माक्र्सवादी सौन्दर्य शास्त्रीय चिन्तनलाई कलात्मक ढंगले विश्लेषण गरिएका लेख संग्रहकै रुपमा ‘साहित्य समालोचना र सौन्दर्य’ ग्रन्थ प्रकाशित भएको छ । यस ग्रन्थमा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार मोहनविक्रम सिंहले ‘समाजलाई बढीभन्दा बढी उन्नत, समृद्धशाली र सुखी बनाउनका लागि साहित्यको आवश्यकता रहेको’ र ‘साहित्य समाजकै एक अंग हो भन्ने धारणा प्रस्तुत गर्नुभएको छ ।’

स्रोत: युगदर्शन अनलाइन

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार