इस्मा गाउपालिकाले लगायो गाउपालिका केन्द्रको टुङ्गो

सुबास पान्डे गुल्मी ,
स्थानीय तहको निर्वाचन भएको झन्डै तीन वर्ष पछि इस्मा गाउपालिका गुल्मिले आज मिति: २०७७/०८/१७ गतेको इस्मा गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको छ। केन्द्र निर्धारणको लागी गाउँ सभामा गाउँपालिकाको केन्द्र “इस्मा रजस्थलको रातापोखरामा केन्द्र रहनेगरि ३ नम्बरको फेदिफाट माटाखानी” सम्मको प्रस्तावमा भएको मातदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्नुभएको थियोे । यो सङै दुई तिहाइ ले इस्मा गाउपलिकाको केन्द्र इस्मा रजस्थलको रातापोखरा देखि ३ नम्बरको फेदिफाट माटाखानी राख्ने पस्ताव पारित गरेको छ । यो सङै उक्त गाउपालिकाले भोलि खुसियाली मनाउन साथै घर घरमा दिप प्रज्वन्न गर्न भोलि सार्वजनिक बिदा समेत दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार