छल्दी युवा क्लब धुर्कोटको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन पाण्डे

पुस ३ सुपादेउराली अनलाइन गुल्मी । छल्दी युवा क्लब धुर्कोट गुल्मीकाे साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सुवास पाण्डेकाे अध्यक्षतामा ७ सदस्यीय नया कार्य समितिलाई चयन गरेको छ।

जसको उपाध्यक्षमा रुमकला थापा, सचिव बिकास भन्डारी, सह सचिव अन्जना भन्डारी, काेषाध्यक्ष सरस्वती भन्डारी र सदस्यहरु बिस्नु नेपाली, सुरज
थापा, पवन पान्डे र जनक थापालाई चयन गरेको छ, भने सल्लाहकारहरुमा बोमलाल भण्डारी, राम प्रसाद भण्डारी, शोभाखर भण्डारी, पितम्बर भण्डारी, ऋषि राम पाण्डे समेत चयन गरेकाे छ।

कार्यक्रममा पुर्व शिक्षक राम प्र भन्डारी को प्रमुख आथित्यता, क्लब का सल्लाहकार सदस्य बोमलाल भन्डारी , नारायण प्र भन्डारी ,राम प्र पाण्डे ,आजिवन सदस्य ऋषि राम पाण्डे , क्लब का सदस्य समाज सेबि बुद्धि जिबि हरुको आथित्यता रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष सुवास पाण्डेकाे अध्यक्षता, सदस्य पिताम्वर भण्डारीकाे स्वागत, सदस्य शाेभाखर भण्डारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार