
# गजल#
उज्यालै नआउने ठाउमा अँध्यारो बन्छौ किन?
लाशका सामु जिउदा लाश बनि रहन्छौ किन?
खरानी बनाको छ उस्ले सर्वहारा बस्ने घरहरु,
खुदै आगो ठोक्नेले मित्र शक्ति भन्छौ किन?
कमिला वरिपरि लाग्ने गुलियो छदा सम्म हो,
सकिए पछि ति जाने लाई तिमि गन्छौ किन?
हात मुख बानि बस्ने अन्यायले घेर्दा दुनिया,
समाजवादि हौ भने विभेद यो सहन्छौ किन?
तिम्रो साम्रज्य तवाह गर्ने क्रान्ति सागर हो यो,
बुझिबुझि सागरमा पनि खाडल खन्छौ किन?
मुकुन्द राज रोका २०७७-१-१३