पढाइसंगै कृषि पेशामा लागेका छन् श्याम पाल

श्यामलाल पोखरेल
बुटवल, बैशाख १७ ।
रुपन्देहीको शुद्वोधनका श्याम पाल पढाईसंगै कृषि पेशामा लागेका छन् । कक्षा १२ मा पढ्दै गरेका पालले कृषिलाई मुख्य पेशा बनाएका छन् । बिहान कलेज जाने र कलेजबाट फर्केपछि कृषि उत्पादनमा लाग्ने उनको दैनिकी बनेको छ । कृषि पेशामा लागेका आफ्ना ठूला बालाई सघाउंदै पाल करिव १० वर्षको उमेरदेखि व्यवसायिक कृषिमा लागेको बताउंछन् । विद्या मन्दिर कलेजमा कक्षा १२ मा पढ्दै गरेका उनले आफ्नै एक विघा खेतमा कृषि गर्दै आएका छन् । १० कठ्ठामा टमाटर, ५ कठ्ठामा केरा, र ५ कठ्ठामा बन्दाको खेती गरेका छन् । १८ वर्षीय युवा कृषक आफ्नो पेशाप्रति खुशी भएपनि यो वर्षको खेतीबाट सोंचेजस्तो आम्दानी भएन । बेमौसमी पानीका कारण रोग लागेपछि १० कठ्ठा जमिनमा लगाएको टमाटर कुहिएकाले सोंचेजस्तो आम्दानी हुन सकेन । केरा र बन्दाबाट केही आम्दानी भएपनि बेमौसीमा पानीले टमाटरमा लगाएको लगानी फर्काउन समस्या परेको बताउंछन् कृषक पाल । आफना ठूला बासंग कृषि पेशामा लागेका सुद्वोधन ७ सिसवाका पाल परिवारको मुख्य आयश्रोत कृषि नै हो । पाल परिवारले आफ्नो खर्च कृषिबाट चलाएका छन् । सरकारी निकायबाट गाउंमा आएको कृषि कार्यक्रमबाट बन्चित भएपनि कृषिबाट आम्दानी गर्न सकिन्छ भन्नेमा पाल परिवार ढुक्क छ । सरकारले कृषकहरुलाई अनुदान, सस्तो व्याजमा ऋण र बिउमल दिन्छ भन्ने सुनिएपनि अहिलेसम्म कुनै सहयोग लिएको छैन कृषक पाल परिवारले । गाउंमा आएको कृषि कार्यक्रमबाट कुनै सहयोग लिन नसकिएको र नेताहरुका आफ्ना मान्छेलाई मात्र सहयोग मिलेको कृषक पालको भनाइ छ । दुख गरेर उत्पादन गरिएको टोमाटर र विभिन्न प्रकारका तरकारीको बजार मूल्य पाउन नसकिएको कृषकहरुको गुनासो छ । बिचौलियाहरुले कृषकबाट सस्तोमा लिएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गर्ने विचौलियाको हालीमुहाली कायमै छ ।


 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार