अपाङ्गता भएका ब्यक्तिको पहुँचमा खोप पुग्न सकेन

जुमान सिंह केसी
साउन २४, प्युठान। लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको सवालमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा खोपमा पहुँच पुग्न नसकेको गुनासो गरेका छ्न।

सरकारले पुर्ण र अतिअशक्त अपाङ्गता भएका ब्यक्तिलाई खोप दिने निर्देशन तथा निर्णय गरेपनि खोपमा उनिहरुको पहुँच सुनिस्चित गर्ने भन्ने बारेमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा खोप बाट धेरै बन्चित भएको सहभागीहरुले गुनासो गरेका हुन।

आइतबार भर्चुअलको माध्यमबाट लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) र जिल्ला प्रतिनिधिहरुको संयुक्त बैठक भएको हो।

हो! हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य परियोजना अन्तरगत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति र प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका पदाधिकारी हरुको सहभागितामा सातौं बैठक सम्पन्न भएको हो।

बैठकमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरी, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कार्यालय प्रमुख गोकर्ण गिरी, पाल्पा स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रसाद पन्थी, हामी सक्छौं परियोजनाका र्राष्ट्रिय संयोजक किशोर रिजाल लगाएतलाई बैठकमा आमन्त्रण गरिएको थियो।उपस्थिति सरोकारवाला निकायका प्रमुख एबम प्रतिनिधिहरुले अपाङ्गताको सवाल सबैको साझा भएकोले उनिहरुको अवस्था अनुसारको ब्यबस्था गर्न सबैको साझा धारणाको बिकास गर्न पर्ने र अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले सबै निकायमा सहकार्य तथा समन्वय गर्न आग्रह गर्दै सके सम्मको सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखेका थिए।
बैठकमा अपाङ्गता समावेशी प्रणाली, प्रक्रिया र स्थापना गर्न यो परियोजनाको मुख्य उदेश्य रहेको र यसलाई सफल र अपाङ्गता भएका ब्यक्तिको अधिकारलाई सहज बनाउन सबैको ध्यान जानुपर्ने र्राष्ट्रिय संयोजक किशोर रिजालले बताउनु भयो।
जिल्लामा अपांगता भएका ब्यक्तिको अवस्था, कोभिड-१९ बाट संक्रमित अवस्था , स्वास्थ्य तथा खोपमा पहुँच, अपाङ्गता भएका ब्यक्तिले भोग्नु परेका समस्या लगाएतका विषयमा छलफल भएको थियो।

कोभिड-१९ का कारण समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई खोप तथा अन्य आवस्यक सेवाका लागी सहज र पहुँचवृद्धिका लागि समन्वय र पहल गरिदिन सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई अपाङ्गता क्षत्रका अभियान्ता तथा जिल्ला सम्पर्क ब्यक्तिहरुले अनुरोध समेत गरेका थिए ।
बैठकमा उपस्थिति सबैलाई स्वागत तथा हाल सम्म भए गरेका गतिविधि र छलफलका बिषयमा प्रदेश संयोजक बिमला नेपालले जानकारी गराउनु भएको थियो ।बैठकको अध्यक्षता र्राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सचीव हुमनाथ अधिकारीले गर्नु भएको थियो भने सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपालका प्रदेश सदस्य जुमान सिंह के सी ले गर्नु भएको थियो । र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल, कुस्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखाको आयोजना तथा बिश्व स्वास्थ्य संगठन नेपालको सहयोग रहेको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार