लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

साउन २७ बुटवल । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी बिशेष अधिवेशन माग गरेका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशनका लागि आजको मिति तोक्नु भएको हो ।

लुम्बिनी प्रदेशसभामा हाल जम्मा ८० सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ३८ र विपक्षी गठबन्धनमा आवद्ध दलका ४१ जना सांसद रहेका छन् ।

यसैबीच अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । आज विहान मुख्यमन्त्री निवासमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार